जिल्ला भित्र चलाउन मिल्ने गरी सार्वजनिक यातायात खुला


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ असार,

काठमाडौं उपत्याका भित्र अब सार्वजनिक यातायात चढ्न पाईने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सो निर्णय गरेको हो । यस अघि तिरेको भन्दा ५० प्रतिसत भाडा थप लिएर कुल टिको आधामा मात्र यात्रु राखेर काठमाडौं उपत्याका भित्र सार्वजनिक यातायात चलाउन पाउने निर्णय सरकारले गरेको नेपाल सरकारका प्रवक्ता, अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

सिट क्षमता अनुसार सञ्चालन नहुने भएकाले सञ्चालन खर्चका लागि हाल कायम भाडाको ५० प्रतिशत थपेर लिन पाउने निर्णय भएको मन्त्री डा. खतिवडाले बताए । यस्तै काठमाडौं बाहिर सँक्रमित उच्च नभएका जिल्लामा एउटा जिल्ला भित्र सार्वजनिक यातायात सञ्चालन गर्न पाईने भएको छ । एउटा जिल्ला बाहेर अन्यत्र जान लामो दुरीको यातायात भने सरकारले खुलाएको छैन ।

काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्र र उपत्यकाबाहिर बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सार्वजनिक यातायातका साधन चलाउन पाइने डा. खतिवडाले बताएका छन् ।

यस्ता सार्वजनिक यातायातमा चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा अनिवार्य लगाउनु पर्नेछ । ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्नेछ भने यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्नेछ । यस्तै एउटा पंक्तिमा दुई सिटमा एक जनामात्र राखेर एउटा सिट खाली छाड्नु पर्नेछ । एक दिनमा एक पटक यातायातको साधन पूर्ण रुपमा सेनिटाईजेसन पनि गर्नुपर्नेछ ।

यसैगरी ट्याक्सी पनि चलाउन दिने निर्णय भएको डा. खतिवडाले बताए छन् । चालकबाहेक दुई जनासम्म यात्रु राखेर ट्याक्सी चलाउन पाईने छ । एउटै परिवारको सदस्य भए ५ वर्षमुनिका बालबालिकालाई पनि राख्न पाईने छ । तर भाडा पहिलाकै साविक लिनु पर्नेछ ।