आज २५५ जनामा कोरोना, नेपालमा सँक्रमित १६४२३ पुगे 


ब्युटी न्युज नेपाल

काठमाडौ, २४ असार 

आज बुधबार नेपालमा थप २५५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्त डा. जागेश्वर गौतमका अनुसार  पछिल्लो २४ घण्टामा  देशभरका प्रयोगशालामा ४ हजार ६९६ नमुना परीक्षण गर्दा २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४२३ पुगेको पनि डा. गौतमले बताए ।

 डा. गौतमका अनुसार सबैभन्दा धेरै केलालीमा ३६ जना संक्रमित थपिएका छन् । यस्तै रौतहटका ३३ जना, अछामका १७, काठमाडौंमा १६, कास्की र सुर्खेतका १४/१४ जना, डोटी र कञ्चनपुरका १२र१२ जना, झापाका ८,रुकुम पश्चिम र ललितपुरमा ७ जनामा पनि कोरोना संक्रण पुष्टि भएको पनि डा. गौतमले बताए ।

यस्तै चितवन, पाल्पा, दैलेख र अछाममा ५र५ जना, मोरङ, सप्तरी र बझाङमा ४र४ जना, नवलपुर, गुल्मी र सर्लाहीमा ३र३ जना, सुनसरी, इलाम, सिराहा, बैतडी, गोरखा, काभ्रे, रामेछाप, मुगु र डडेलधुराका २र२ जना तथा तेह्रथुम, सिन्धुपाल्चोक, दोलखा, धादिङ, दाङ, लमजुङ, सर्लाही, बारा, म्याग्दी, प्युठान, कालिकोट, जाजरकोट, दार्चुलामा १/१ एक जना संक्रमित थपिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा मात्र देशभरका अस्पताल तथा आइसोलेसन सेन्टरबाट २५३ जना डिस्चार्ज भएको पनि गौतमले बताए । यो सँगै ७ हजार ७५२ जना आजसम्म डिस्चार्ज भएका छन् ।