काठमाडौं उपत्यकामा बढे सँक्रमित, आज उपत्यकामा ५४ जनालाई कोरोना


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ असार,

केही दिन यताबाट काठमाडौं उपत्यकामा कोरोना सँक्रमित ह्वात्तै पढेको छन् । पछिल्लो २४ घन्टाको कोरोना रिपोर्टले काठमाडौंमा सँक्रमण फैलिँदै गएको पुष्टी भएको छ । किनकी काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ५४ जनामा कोरोना सँक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जनामा सोमबार कोरोना सँक्रमण पुष्टी भएको हो । काठमाडौं उपत्यकामा बाहिरबाट आउनेहरुको सँख्या बढेसँगै कोरोना सँक्रमित थपिएका हुन् । तथापि संक्रमित कहाँका हुन् भन्ने स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले खुलाएको छैन ।