आज १८० जनामा कोरोना, नेपालमा सँक्रमित १५९६४ पुगे


ब्युटी न्युज नेपाल
काठमाडौँ, २२ असार

केही दिन यताको तुलनामा आज नेपालमा कोरोना सँक्रमितको सँख्या घटेको छ ।पछिल्लो २४ घण्टामा देशभर जम्मा १८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार आज १८० जनामा कोरोना सँक्रमण पुष्टी भएको हो ।

 प्रवक्ता प्रा. डा. गौतमका अनुसार आज सबैभन्दा धेरै काठमाडौंमा २४ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै ललितपुरका २० जना, लमजुङका ११, भक्तपुरका १०, सप्तरी, कैलाली, र कास्कीका ८÷८ जना, गोरखाका ७, बाग्लुङ, सर्लाही र रौतहटका ६/६ जना, सिन्धुपाल्चोक, नवलपरासी, मकवानपुर, डडेलधुरा र झापाका ५/५ जनामा पनि संक्रमण पुष्टि भएको पनि डा. गौतमले बताए ।

प्युठान र काभ्रेका ४/४ जना, ओखलढुंगा, खोटाङ, चितवन र पाल्पाका ३/३ जना, सिराहा, सुनसरी, दोलखा, सिन्धुली र दाङका २/२ जना तथा नुवाकोट, चितवन, बारा, जाजरकोट, जुम्ला, धादिङ, नवलपुर, संखुवासभा, ताप्लेजुङ, अर्घाखाँची र उदयपुरका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना सँक्रमितको सँख्या १५ हजार ९६४ जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना सँक्रमण मुक्त भएर अस्पतालदेखि डिस्चार्ज भई घर फर्कनेको सँख्या २६४ जना रहेको पनि डा. गौतमले बताए । यो सँगै नेपालमा कोरोना सँक्रमण मुक्त भएर घर फर्कनेको सँख्या ६ हजार ८११ जना पुगेको छ ।

यस्तै कोरोना सँक्रमणबाट हालसम्म मृत्यु हुनेको सँख्या ३५ जना पुगेको छ । बागलुङको निसीखोला गाउँपालिकाका –२ का २९ वर्षीय पुरुषको ढोरपाटन नगरपालिकास्थित क्वारेन्टाइनमा आज आईतबार बिहान मृत्यु भएको हो । ति युवाको कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।  ती युवा केही समय अघि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसिरहेका थिए । मिर्गौला, फोक्सो र स्वासप्रस्वासमा समस्या देखिएपछि भारतमा उपचार गराउन गएका उनको स्वास्थ्यमा कुनै सुधार नभएपछि घर फर्किएको हुन् । उनको आईतबार बिहान मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ३५ जना पुगेको हो ।