नारायण र बाबुलको डबल पारेरमा कमल र एसिलाको रोमान्स


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ असार

काठमाडौंमा लकडाउन खुकुलो भएपछि गीतसँगीतको चहलपहल बढेको छ । यसै क्रममा गायक नारायण थापा र सँगीतकार बाबुल गिरीले आफ्नो नयाँ गीतको भिडियो बजारमा ल्याएका छन् ।

उनीहरुले नृत्यप्रधान गीत डबल पारेर…को भिडियो रिलिज गरेका हुन् । आभूषण इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत यो गीतको भिडियोलाई सार्वजनिक गरिएको छ ।

यो गीतको शब्द पनि संगीतकार बाबुल गिरीले नै लेखेका हुन् । नारायण थापाको स्वरमा यस भन्दा पहिले थुप्रै गीत सार्वजनिक भइसकेका छन् । मुना मदन,कुनै दिन त भेट होला,तिम्रो मुटु मेरो मुटु जस्ता गीतहरुलाइ दर्शक श्रोताले रुचाएका छन् ।

उनको यो नयाँ गीत डबल पारेर…को म्युजिक भिडियोलाई सन्तोष राज बाहकले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । यो गीतको भिडियोमा कमल सिंह र एलिसा राईको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्मा हुमागाईंले छायाँकन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।