बालिका बलात्कारपछि हत्याको आरोपी पक्राउ


 ब्युटी न्युज नेपाल
जनकपुरधाम, २२ असार

१७ असारमा खेतमा आँप टिप्न भएकी एक जना बालिकाको बलात्कारपछि हत्या भएको थियो । जनकपुरधामको कुर्थाकी ११ वर्षीया बालिका कञ्चन कुमारी पँजियारको बलात्कार पछि हत्या भएको हो । सो बलात्कार तथा हत्याकी आरोपीलाई सोमबार प्रहरीले सार्वंजनिक गरेको छ ।

भारतको उत्तरप्रदेश राज्यको मलिहावाद जिल्लास्थित काकोरी ग्राम पञ्चायत काकोरी वडा नम्बर–११ पिन नम्बर ८१३१०९ गाउँ बण्डाखेर घर भएका ३२ वर्षीय दिपु सिंहलाई प्रहरीले हत्याको आरोपमा सोमबार सार्वजनिक गरेको हो ।

सिंहले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२१ कुर्थास्थित चौधरी र मिश्र इन्डष्ट्रिजमा करिब ४/५ महिना अगाडीदेखि काम गर्दै आएका थिए । सो दिन कञ्चनलाई बैँगैचामा बोलाएर आम दिन्छु भनि बलात्कारपछि ती बालिकाको हत्या गरेको आरोप उनीमाथि लागेको छ । हत्यापछि बालिकाको शबलाई दुमधती खोलाको झाडीमा फालिएको थियो ।

सिंहलाई शुक्रबार नै पक्राउ गरेको र उनले अपराध स्विकार गरेको प्रहरीले बताएको छ । उनलाई अब सरकारी वकिलको कार्यालयमार्फत अदालतमा पेस गरिने प्रहरीले जनाएको छ ।