आज काठमाडौंमा २७ जनामा कोरोना


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ असार,

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना सँक्रमणको कहर बढेको छ । आईतबारमात्र काठमाडौं जिल्लामा २७ जनामा कोरोना सँक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका २७ जनामा आईतबार कोरोना सँक्रमण पुष्टी भएको हो । काठमाडौंका संक्रमितमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ५ जना, वीर अस्पतालमा १ जना र त्रिवि शिक्षण अस्पतालमा २१ जना भेटिएका हुन् ।

यस्तै आईतबार नै ललितपुरका २ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको गौतमले बताए । यो सँगै आईतबार काडमाडौं उपत्यकामा ३० जना कोरोना सँक्रमित थपिएका छन् ।