भिडियोमा आयो गायक संजिवको मन


 ब्युटी न्युज नेपाल
काठमाडौं, २१ असार

आफ्नो नयाँ गीत ‘मन…’को भिडियोलाई गायक सन्जिब पराजुलीको दर्शकमाझ ल्याएका छन् । यो गीतको भिडियोमा विकास लामिछाने, मलाइका बस्नेत, पुजा शाह र आशिक खड्काले अभिनय गरेका छन् । भिडियोमा फराज अर्पण(नेपाल) र राजीव भुषाल(अष्ट्रेलिया)को छायांकन गरेका हुन् । भिडियोलाई सम्पादन फराजले गरेका हुन् ।

यो गीतमा हरि लम्सालको संगीत र प्रलाद शाहको शब्द छ । गीतमा रिकेस गुरुङको संगीत संयोजन र प्रकाश मिश्रको मिक्सिङ र मास्टरिङ छ ।

गायक पराजुलीका ‘कर्के नजर’, ‘नाइँ मलाई थाहा छैन’, ‘पहिलो भेटैमा’, ‘हिट हिट गीत’, ‘छैन मलाई पीर’ जस्ता डान्सिङ नम्बरका गीत पछि ‘मन’ बोलको गीत सार्वजनिक भएको हो । सन्जिबको ‘झिलमिल झिलमिल’, ‘त्यो सपना’, ‘तिमी मलाई मन पर्छ’, ‘चाहनामा’ गीत पनि चलेका गीत हुन् ।

यस्तै गीतकार प्रल्हादको गीत ‘परानै दिन्छु’, ‘हुक्का माथि चिलिम’लगायतका गीत चलेका गीतमा पर्दछन् ।