ब्युटी न्युज नेपाल
काठमाडौं, २० असार

चलचित्र पत्रकार संघ नेपालले कोरोना भाइरसले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभाव, उत्पन्न समस्या र त्यसको समाधान बिषयमा आह्वान गरेको लेख रचना प्रतियोगितामा राजधानी डेली डटकमका सम्पादक एवम् पत्रकार ध्रुब लम्साल उत्कृष्ट भएका छन् । संघले उनलाई प्रथम भएबापत १५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गर्ने भएको छ ।

यो प्रतियोगिताको लागि संघमा १३ वटा लेख (सर्ट लिष्ट) निकालेर छनौट गरिएकोमा ध्रुब लम्साल उत्कृष्ट भएको संघले जनाएको छ । छनौट समितिमा पत्रकार विदुर गिरी, शान्तिप्रिय, दिपेन्द्र लामा, जिवन कुमार पराजुली र समीर बलामी थिए ।

यो लेखन प्रतियोगितामा पत्रकार बिष्णु शर्मा द्धितीय, मनोज न्यौपाने तृतीय र रिना मोक्तान सान्त्वना घोषित भए । यो प्रतियोगितामा द्धितीयलाई १० हजार रुपैयाँ तृतीय र सान्त्वनालाई ५–५ हजार (कर बाहेक) र प्रमाण पत्र प्रदान गरिने चलचित्र पत्रकार संघले जनाएको छ ।