गोरखामा कोरोना सँक्रमणबाट एक व्यक्तिको मृत्यु, अन्त्यष्टी स्थलमा बिबाद


ब्युटी न्युज नेपाल
गोरखा, २० असार

कोरोना सँक्रमण शुक्रबार पुष्टी भएपछि उपचारको लागि गोरखा अस्पतालमा भर्ना भएका एक पुरुषको शनिबार बिहान निधन भएको छ ।
पालुङटार नगरपालिका वडा नम्वर ७ का ४४ वर्षीय कोरोना संक्रमित पुरुषको शनिवार उपचारको क्रममा मृत्यु भएको हो ।

उनको शब ब्यस्थापन गर्न सुरक्षाकर्मीले जिम्मा लिएपछि आफन्तले शबको माग गरे । आफन्तसँग सहमती भएसँगै शबलाई दाहसँस्कार गर्ने स्थानको बिषयमा स्थानीयसँग बिबाद सुरु भयो । शनिबार ती पुरुषको निधन भएपछि उनको शबलाई नजिकको दरौंदी र लुदी खोलाको दोभानमा अन्तष्टी गर्ने तयारी भएको पनि प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन् । सो स्थानमा अन्त्यष्टी गर्न पाईँदैन भन्दै स्थानीयले बिरोध जनाएका छन् ।

अन्तमा उनको शबलाई सुरक्षा निकायले सोही ठाउँमा नै अन्त्यष्टी गर्ने भएको छ । शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

उनी जीवनज्योती माविको क्वारेन्टिनमा बस्दै आएका थिए । असार १६ मा कतारबाट नेपाल आएका उनको स्वास्थ्यमा शुक्रबार समस्या देखिएपछि गोरखा अस्पतालमा भर्ना गरिएको हो ।