बैबाहिक सम्बन्धमा जोडिए अर्जुन र दुर्गा


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ असार

युवापुस्ताका रुचाईएका संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल बैवाहिक सम्बन्धमा बाँधिएका छन् । गत बैशाखमै विवाह गर्ने तयारीमा यी जोडी जुटेको भए पनि लकडाउनका कारण उनीहरुको विवाह रोकिएको छ ।
कोरोना भाईरसको सँक्रमण जारी रहे पनि उनीहरुले शुक्रवार काठमाडौंको एक मन्दिरमा आफन्त र केही कलाकारको जमघटमा विवाह गरे ।

भोज खुवाउने अबस्था अहिले सही नभएकाले त्यसबारे आउँदा दिनमा सल्लाह गरेर निर्णय लिने अर्जुनले बताएका छन् । अनुराग संगीत विद्यालयमा एक दशकअघि भेटिएपछि नजिक भएका अर्जुन र दुर्गा त्यहीबेला देखि प्रेम सम्बन्धमा थिए । यतीबेला यी दुईले आफ्नो प्रेम सम्बन्धलाई दाम्पत्य जीवनमा रुपान्तरण गरेका छन् ।