काठमाडौंमा आज २८ जनामा कोरोना पुष्टी


ब्युटी न्युज नेपाल
काठमाडौं १८ असार,

लकडाउन केही खुकुलो पारेसँगै काठमाडौंमा मोफसलबाट आउनेहरुको सँख्या बढेपछि सोही मात्रामा कोरोना भित्रिएको हो ।

काठमाडौंमा आज २८ जनामा कोरोना सँक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार नयाँ सँक्रमित भएका ४७३ जनामा २८ जना ब्यक्तिहरु काठमाडौंका हुन् । जसमा १७ जना महिला र ११ जना पुरुष रहेका छन् ।

बिहीबार नै भक्तपुर र ललितपुरमा पनि २ र २ जना संक्रमित भेटिएका डा. गौतमले बताए । यसरी काठमाडौं उपत्यकामा बिहिबार ३२ जना कोरोना सँक्रमित थपिएका छन् ।