ब्युटी न्युज नेपाल
बीरगञ्ज १८ असार,

बिहिबार अबिरल बर्षासँगै परेको चट्याङले बारामा ४ जना महिलाको मृत्यु भएको छ । बाराका दुई छुट्टाछुट्टै स्थानमा परेको चट्याङले ४ जनाको ज्यान गयो भने ५ जना घाइते भएका छन् । सक्रिय मनसुनसँगै तराईमा चट्याङ पर्ने क्रम बढेको छ ।

सो चट्याङले बिहिबार बिहान खेतमा धान रोपीरहेका बाराको कलैया उपमहानगरपालिका–१२ की ३५ वर्षीया आशादेवी महतो र सोही ठाउँ बस्ने ४५ वर्षीया हलिमा खातुनको मृत्यु भएको हो । उनीहरु चट्याङ लागेर गम्भीर घाइते भएकी ििथए । महतो र खातुनलाई उपचारका लागि कलैया अस्पताल ल्याउँदा ल्याउँदै बाटोमा नै मृत्यु भएको हो ।

चट्याङले सोही ठाउँ बस्ने अन्य ५ जना पनि घाइते भएका थिए । घाइतेहरुलाई बीरगञ्ज लगेर उपचार गरिएको छ । त्यहीबेला परेको चट्याङ लागेर खेतमा धान रोपिरहेका फेटा गाउँपालिका–१ त्रिवेणीका ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनरपति देवी महताको पनि मृत्यु भएको छ ।