आज ४८२ जनामा कोरोना, नेपालमा सँक्रमित १४०४६, थप १ को मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ असार

नेपालमा आज ४८२ जनामा कोरोना सँक्रमण देखिएको छ । जसमा ११७ जना महिला र ३६५ जना पुरुष रहेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताएका छन् । यो सँगै नेपालमा कोरोना सँक्रमितको सँख्या १४ हजार ४६ जना पुगेको छ । जसमा १ हजार ७७४ जना महिला र १२ हजार २७२ जना पुरुष रहेका छन् ।

प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आज सबैभन्दा धेरै अछाममा १३५ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, बाजुराका ४३, महोत्तरी ३६, कैलाली २७, सुर्खेत २२, धनुषा २१, कञ्चनपुर र डोटीका २०/२० जना, बझाङका १८, सल्यानका १५, झापाका १३, बाँके र बर्दियाका ११/११ जना र लमजुङका १० जना संक्रमित भएका छन् ।

यस्तै, स्याङ्जा र गुल्मीका ८/८ जना, कास्की, गोरखा, बाग्लुङका ३/३ जना, सिराहा, इलाम, मोरङ, नवलपुर, दाङ, पाल्पा, दैलेख र कालीकोटका २/२ मा संक्रमण पुष्टि भएको छ । ताप्लेजुङ, सुनसरी, नवलपरासी बारा, पर्सा, नवलपरासी, पर्वत, तनहुँ, अर्घाखाँची, जुम्ला, बैतडी र अछामका एकएक जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

आजसम्म ४ हजार ६५६ जना कोरोना सँक्रमण मुक्त भएर घर फर्किएका छन् । आज ४८ हजार ३६२ जना क्वारेन्टाईनमा रहेको पनि डा.गौतमले जानकारी गराए । यस्तै आईसोलेसनमा ९ हजार ६५६ उपचाररत रहेको पनि उनले बताए ।

यस्तै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ३० जना पुगेको छ । थप एक जनाको कोरोना सँक्रमितका कारण मृत्यु भएको छ । रामरोशन गाउँपालिकाका ४५ वर्षीय पुरुषको १४ असारमा मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ३० पुगेको हो ।