भुवन केसीलाई प्रहरीमा थुनाउँन सक्थेँ भन्ने साम्राज्ञीको चेतावनी


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ असार

सँधै जसो बिबादमा परिरहने अभिनेता भुवन केसी यसपटक अभिनेत्रीमाथि विभेद र शोषणा गरेको आरोपका कारण बिबादमा मुछिएका छन् । उनलाई अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्म ड्रिम्सको छायाँकनको क्रममा अभिनेता भुवन केसीले आफुमाथि शोषणको प्रयास गरेको बताएकी हुन् ।

साम्राज्ञीले केही दिन अघि मात्रै इन्स्टामा भिडियो पोष्ट गर्दै आफुले सुटिङमा पानी समेत पिउन नपाएको भन्दै नेपाली सिनेमामा परिवारवाद हाभी भएको टिप्पणी गरेकी छिन् । साम्राज्ञीको भिडियो सामाजिक सञ्जालमा भाईरल भएपछि अभिनेता भुवन केसीले फेसबुकमा यस्तो स्टाटस लेखे, ‘ खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सन्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी !’

हेर्नुस भिडियो रिपोर्ट

भुवनको यस्तो स्टाटस आउनसाथ अभिनेत्री साम्राज्ञीले इन्टाग्राममा अर्को भिडियो पोष्ट गर्दै यस्तो स्टाटस लेख्ने मान्छेले आफुलाई सुटिङको क्रममा शोषणा गरेको बताएकी छिन् । भुवनको स्टाटसको जवाफ दिने क्रममा अभिनेत्री साम्राज्ञीले जापानमा एउटा अवार्ड कार्यक्रममा केही समय अघि भुवनले पुराना कुरा नगर्न अनुरोध गरेको तर आफुलाई फिल्मको छायाँकनको समय गर्ने पुरानै तुच्छ व्यबहार गरेको बताएकी छिन् ।

भुवन केसीले आफुलाई बाबा छोरी आई लभ यु भनेको तर आफुले आँकल भन्दा रिसाउने भएपछि दाई भनेर सम्झाउनु परेको पनि यी अभिनेत्रीको कथन छ । सो घटनाबारे सम्झँदै साम्राज्ञीले भनेकी छिन्,‘तँ त मेरो प्रोडक्ट हो । अब पुरानो कुरा कोट्याएर के फाइदा, तँ एउटा ठाउँमा पुगिसकिस्, अब यस्तो गर्नुहुँदैन भनेर सम्झाउनुभयो । त्यतिबेला मलाई भित्रैदेखि घिन पनि लागिरहेको थियो । तै पनि म हाँसेरै बोलेकी थिएँ ।’

आफु पहिलो फिल्म खेल्दा १७ वर्षको बालिका भएको र फिल्म क्षेत्रमा हुने शोषणको बारेमा ज्ञान नभएको बताएकी छिन् । आफुलाई फिल्ममा सपोर्ट गर्ने आमा मात्र भएकाले त्यतिबेला यस्तो शोषण बिरुद्ध बोल्नु पर्छ भन्ने आँट नआएको पनि यी अभिनेत्रीले भिडियो मार्फत बताएकी छिन् । तर अहिले सामाजिक सञ्चालका कारण आफुहरु बोल्न सक्ने भएको भन्दै हेपिएका कलाकारहरुको प्रतिनिधित्व गर्दै आफुले फेरी अर्को भिडियोमार्फत त्यतिबेलाको पीडा व्यक्त गरेको बताएकी छिन् । त्यो समयमा प्रहरीलाई रिपोर्ट गरेको भए भुवन केसीलाई कारवाही पनि हुनसक्थ्यो भन्ने दावी यी अभिनेत्रीले गरेकी छिन् । तर फिल्म क्षेत्रमा टिक्न हो भने यस्ता कुराबिरुद्ध बोल्नु हुँदैन भनेर आफुलाई सम्झाईएको पनि साम्राज्ञीको कथन छ । आफुलाई फिल्म क्षेत्रका कसले के के गरे, त्यो बारे बोल्दै जाने पनि साम्राज्ञीले दाबी गरेकी छिन् । आफुलाई वरिष्ठ दावी गर्दै आएक कतिपय कलाकाराले नवोदित कलाकारहरुसंग नाजायज प्रस्ताव राख्ने गरेको पनि यी अभिनेत्रीले बताएकी छिन् ।

नेपाली चलचित्र क्षेत्रमा हुन परिवारबाद र शोषण बिरुद्ध गत साता वर्षा शिवाकोटी, नम्रता श्रेष्ठ, निता ढुँगानाले बोलेका थिए भने यतीबेला साम्राज्ञीले सबैकुरा पर्दाफास गरिरहेकी छिन् ।