आज नेपालमा ३१६ जनामा कोरोना, सँक्रमित १३५६४ पुगे 


ब्युटी न्युज नेपाल

काठमाडौं, १६ असार 

आज नेपालमा ३१६ जनामा सँक्रमित देखिएको छ । पछिल्लो २४ घन्टामा ४ हजार ७११ जनाको पिसिआर परिक्षण भएकोमा  ३१६ जनामा कोरोना सँक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता प्रा.डा, जागेश्वर गौतमले मँगलबारको नियमित पत्रकार भेटघाटमा बताए ।  जसमा ७१ जना महिला र  २४५ जना पुरुष रहेका छन् ।

यो सँगै हालसम्म नेपालमा कोरोना सँक्रमितको सँख्या  १३ हजार ५६४ जना पुगेको छ । जसमा १ हजार ६५७ जना महिला र ११ हजार ९०७ जना पुरुष रहेको पनि डा. गौतमले बताए ।

यस्तै आज क्वारेन्टिनमा ५३ हजार ७० जना रहेको पनि डा.गौतमले जानकारी गराएका छन् । आज देशका विभिन्न अस्पतालको आईसोलेसनमा १० हजार ३४१ जना रहेको पनि डा.गौतमले बताए । आज नेपालमा ९ महिला र ५१ पुरुष गरी ६० जना डिस्चार्ज भएका छन ।  २७७ जना महिला र २९१७ जना पुरुष गरी नेपालमा हालसम्म ३ हजार १९४ जना डिस्चार्ज भएका छन ।