आज ४७६ जनालाई कोरोना, सँक्रमित १३ हजार नाघे,


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ असार

नेपालमा कोरोना सँक्रमितको सँख्या १३ हजार नाघेको छ । आज सोमबार नेपालमा ४७६ जनालाई कोरानो सँक्रमण देखिएको छ । जसमा ११२ जना महिला र ३६४ जना पुरुष रहेका छन् ।

पछिल्लो २४ घन्टामा ४७६ जनामा कोरानो सँक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सोमबार नियमित पत्रकार भेटघाटका क्रममा सो जानकारी गराएका हुन् । यो सँगै नेपालमा कोरोना सँक्रमितको सँख्या १३ हजार २४८ पुगेको छ । जसमा सँक्रमितमा १ हजार ५८६ जना महिला र ११ हजार ६६२ पुरुष रहेका छन् ।

यस्तै आज १० हजार ६८ जना आईसोलेसन रहेको पनि गौतमले बताए । उनका अनुसार आज क्वारेन्टाईनमा ५७ हजार ३६८ जना रहेका छन् ।

यस्तै आज १३ महिला र १०८ पुरुष गरी १२१ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना सँक्रमणमुक्त भएर घर फर्कनेको सँख्या ३ हजार १३४ जना पुगेको छ ।