पोखरामा कोरोना सँक्रमित एक पुरुषको मृत्यु, नेपालमा कोरोनाबाट मृतक २५ पुगे


ब्युटी न्युज नेपाल
पोखरा, ११ असार

कोरोना सँक्रमित एक व्यक्तिको पोखरामा उपचारकमै क्रममा निधन भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका स्याङजा सिरुवारी निवासी ५५ वर्षीय पुरुषको बुधबार राती साँढै ११ बजे निधन भएको हो ।

अस्पतालबाट बिहीबार एक विज्ञप्ति जारी गर्दै उनी कोरोना सँक्रमित भएको जनाएको छ । गत असार ८ गते उपचारका लागि अस्पताल भर्ना गरिएको ती व्यक्ति निमोनिया र मधुमेयबाट पीडित भएकाले भेन्टिलेटरमा राखेर उपचार गरिएको डा. अर्जुन आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कोभिड–१९ पोजेटिभ भइ उपचारका क्रममा प्रतिष्ठानमा मृत्यु हुने उनी दोस्रा व्यक्ति भएको पनि बिज्ञप्तिमा उल्लेख छ ।

कोभिड–१९ पोजेटिभ भइ उपचारका क्रममा प्रतिष्ठानमा मृत्यु हुने उनी दोस्रा व्यक्ति हुन् भने नेपालमा कोरोना संक्रमणले निधन हुनेको संख्या २५ पुगेको छ ।