आज एकै दिनमा ६२९ लाई कोरोना, संक्रमित १०७२८ पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं, १० असार,

नेपालमा आज बुधबार ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा कोरोना सँक्रमित ६२४ जना देखिएको हो ।

आज सँक्रमित भएकाहरु मध्य सबैभन्दा बढी कैलालीका १५१ जना रहेको प्रवक्ता गौतमले बताए । उनका अनुसार त्यसपछि कञ्चनपुरका ८६ जना, दाङका ७६, डोटीका ४८, रौतहटका ४४ जनामा कोरोना सँक्रमण पुष्टी भएको छ । यस्तै सर्लाहीका २१, धनुषाका २०, पाल्पाका १५, सुर्खेतका १४, अछामका १३, महोत्तरीका १२, झापाका ११ तथा अछाम र प्युठानका १०र१० जना कोरोना सँक्रमित भएको पनि प्रवक्ता गौतमले बताए ।

यता कास्की, वाग्लुङ र बाँकेका ९/९ जना, बाजुराका ८, स्याङ्जाका ७, सप्तरीका ६, नवलपुर, गुल्मी र लमजुङका ५/५ जना, बैतडी, दैलेखका ४/४ जना, गोरखाका ३, पर्वत र धादिङका २/२ जनामा पनि संक्रमण पुष्टि भएको पनि  जानकारी गराए । नेपालमा संक्रमितको सख्ंया १० हजार ७२८ पुगेको छ । उनीहरूमध्ये २४ जनाको मृत्यु भएको छ ।

यस्तै काठमाडौं, भक्तपुर, चितवन, सुनसरी, मोरङ, तनहुँ, पर्वत, कपिलवस्तु, रुपन्देही, बर्दिया, जाजरकोट र कालीकोटका ११ जनामा पनि संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जनाएका छन् । यो सँगै नेपालमा कोरोना सँक्रमितको कुल संख्या १० हजार ७ सय २८ पुगेको छ । यस्तै आजसम्म नेपालमा १ लाख ९३ हजार १९४ पीसीआर परिक्षण गरिएको पनि उनले बताए । आज नेपालका विभिन्न क्वारेन्टाईनमा ७८ हजार ६३९ जना रहेका छन् ।

पछिल्लो २४ घण्टायता डिस्चार्ज हुनेको संख्या १ सय १४ रहेको छ । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ३ सय ३८ जना रहेका छन् ।