आज ५३८ जनालाई कोरोना, सँक्रमित १० हजार नाघे, थप एकको मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ असार

नेपालमा कोरोना सँक्रमितको सँख्या १० हजार नाघेको छ । नेपालमा आज कोरानो सँक्रमित ५३८ रहेका छन् । जसमा जना ४४८ पुरुष र जना ९० महिला रहेका छन् । यो सँगै सँक्रमित १० हजार जना नाघेका हुन् ।

स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मँगलबार नियमित पत्रकार भेटघाटका क्रममा सो जानकारी गराएका हुन् । यी पछिल्लो २४ घन्टामा थपिएका कोरोना सँक्रमित ५३८ जना हुन् ।

आज सबैभन्दा धेरै प्युठानमा ५० जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, पाल्पाका ४८ जना, धनुषाका ३९, कैलालीका ३८, गोरखाका २९, सुर्खेतका २३, सप्तरी, स्याङ्जा, नवलपुर, बझाङ र दैलेखका २२/२२ जना, पर्वतका २१, बाजुराका २०, दाङका १९, धादिङका १८, कञ्चनपुरका १७, बाग्लुङका १४, रौतहटका १३, महोत्तरी र झापा १२/१२ जना छन्।

यस्तै, कास्की र तनहुँका ८/८ जना, सिराहा र अछामका ७/७ जना, लमजुङ र गुल्मीका ५/५ जना, सल्यान र डडेलधुराका ४/४ जना, सुनसरी र रुपन्देहीका ३/३ जना, मोरङ, तेह्रथुम, अर्घाखाँची र सर्लाहीका २/२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । कालीकोट, हुम्ला र पर्वतका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना सँक्रमितको सँख्या १० हजार ९९ जना पुगेको छ । यस्तै आज ७ हजार ८५१ जना आईसोलेसन रहेको पनि गौतमले बताए । उनका अनुसार आज क्वारेन्टाईनमा ८५ हजार ८१३ जना रहेका छन् ।

यस्तै आज ७६ जना डिस्चार्ज भएका छन् । जसमा ६८ जना पुरुष र ८ जना महिला रहेका छन् । आजसम्म २ हजार ११२ जना कोरोना सँक्रमण ठिक भएर घर फर्किएका छन् ।

यस्तो एक जनाको कोरोना सँक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या २४ जना पुगेको छ ।

दैखेका ४५ वर्षको पुरुषको कोरोना सँक्रमणबाट मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई ४ असारमा अस्पतालमा भर्ना गरिएको थियो । क्षयरोग र दमका रोगी रहेका उनको  सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा मृत्यु भएको स्वस्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ ।