ब्युटी न्युज नेपाल
काठमाडौं, ८ असार

आज सोमबार नेपालमा ५३५ जनालाई कोरोना सँक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टमा ५३५ जनाका कोरोना सँक्रमण पुष्टी भएको हो । जसमा ४६१ जना पुरुष र ७४ जना महिला रहेको पनि प्रवक्ता गौतमले बताए । यो सँगै नेपालमा हालसम्म कोरोना सँक्रमित भएकाहरुको सँख्या ९ हजार ५६१ जना पुगेको छ ।

आज क्वारेन्टाईनमा ९० हजार ७३० जना रहेको पनि डा.गौतमले बताए । यस्तै आज ७ हजार ७८९ जना आईसोलेसनमा उपचाररत रहेको पनि डा. गौतमले जानकारी गराएका छन् । पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट कसैको पनि निधन नभएको पनि उनले बताए ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै पाल्पामा ९० जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, कैलालीका ५८ जना, गुल्मीका ५५, सर्लाहीका ४७, रौतहटका ३४, स्याङ्जाका ३३, प्युठानका ३०, सिराहाका २३, नवलपुरका १६, डडेलधुरा र सप्तरीका १५/१५ जना, बैतडीका १४, दाङका १३, मोरङ र रुपन्देहीका १२/१२ जना, तनहुँका ११ र धनुषाका १० जनामा संक्रमण पुष्टि भएको छ ।

अर्घाखाँचीका ९ जना, नवलपुरका ८, डोटीका ७, नवलपरासी र चितवनका ५/५ जना, झापाका ३, अछाम र सिन्धुपाल्चोकका २/२ जना, महोत्तरी, गुल्मी, जाजरकोट र ओखलढुंगाका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ९५६१ पुगेको छ ।यस्तै आज ३७० कोरोना सँक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । जसमा ३३८ जना पुरुष र आज ३२ महिला रहेका छन् । यो सहित नेपालमा हालसम्म २ हजार १४२ जना डिस्चार्ज भईसकेका छन् । जसमा १ एक ९८१ पुरुष सहित १६१ महिला रहेका छन् ।