कोरोनाबाट थप एकको मृत्यु पुष्टी, मृतक २३ पुगे


ब्युटी न्युज नेपाल
गुल्मी ६ असार

गुल्मीमा कोरोना सँक्रमित एक जनाको मृत्यु भएको छ । सो मृत्यु पुष्टीसँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या २३ जना पुगेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज नियमित पत्रकार भेटघाटमा बताए ।

छत्रकोट गाउँपालिका वडा नम्बर ५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको थियो । होम क्वारेन्टिनमा मृत्यु भएका ती पुरुषमा कोरोना भाइरस (कोभिड(१९) पोजिटिभ आएको थियो ।

मृतकका पुरुषको स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको थियो । स्वाब परिक्षण गर्दा मृत्युपछि उनको कोरोना सँक्रमण पुष्टी भएको थियो । मृतकको शवलाई शुक्रबार नेपाली सेनाले व्यवस्थापन गरेको थियो । २५ जेठमा भारतबाट आएर उनी होम क्वारेन्टिनमा बसेका थिए ।