आइतबार बिहान १०ः५५ बाट दिउँसो २ः२३सम्म सूर्य ग्रहण, ( कसले बार्ने ? भिडियो सहित)


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ असार

भोली आईतबार ७ गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ । बैज्ञानिक र धार्मिक दुबै दृष्टीकोणले सूर्यग्रहणको बेला त्यसको असरबाट जोगिन घर भित्रै बस्नु पर्ने मान्यता छ ।

एकातिर विश्वव्यापी रुपमा कोरोना सँक्रमणको बिगबिगी छ । यस्तो अबस्थामा आबस्यक काम बाहेक घरबाहिर ननिक्लन सरकारले अपिल गरेको छ । सूर्य ग्रहणको अबधिभरी घरबाहिर न निक्लनको लागि ज्योतिषीहरुको अनुरोध छ ।

यसै क्रममा ज्योतिष पण्डित उत्तम उपाध्याय न्यौपानेले पनि कोरोना सँक्रमणको महामारीमा सूर्य ग्रहणको अबधिभरी घरभित्रै बस्न सबैलाई अनुरोध गरेका छन् ।

गत पषमा यस अघि ग्रहण लागेको यो महिना भित्रै ग्रहण देखिएको र गत पुक्षमा ग्रहणसँगै त्यही बेलाबाट कोरोना आएको पनि पण्डित न्यौपानेले बताएका छन् । यो ग्रहण सूर्यको बार अर्थात आईतबार सूर्यमै लाग्ने भएकाले यो विशेष ग्रहण हो भन्दै ग्रहणको बेला सतर्कता अपनाउनु पर्ने उनको कथन छ ।

असार ७ गते वर्षकै सबैभन्दा लामो दिन हो । यही दिन खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । आईतबार बिहान १० बजे र ५० मिनटबाट ग्रहण सुरु हुने छ । त्यसपछि २ बजेर २३ मिनटमा ग्रहण सकिने पण्डितले बताएका छन् । यो ग्रहणको सुतक शनिबार राती १० बजेर ५० मिनटबाटै सुरु हुने भएकाले सुतकको बेला पृथ्बीमा नकरात्मक उर्जाहरु आउने चछ । त्यसैले सुतक सुरु भएदेखि ग्रहण नसकिएसम्म खाना खान नहुने पनि ज्योतिष न्यौपानेले बताएका छन् । ग्रहण सकिएपछि नुहाएर मात्र खाना खानको लागि उनले अनुरोध गरेका छन् ।

भोलीको सूर्यग्रहण जापानदेखि अफ्रिकासम्म (अष्टेलिया बाहेक)का देशबाट देखिने पनि उनले बताएका छन् । यो ग्रहणको असर आगामी एक महिनासम्म रहने भएकाले यो अबस्थामा कोरोनाको सक्रमण अझ कडा हुनसक्ने उनको कथन छ । त्यसैले यो अबधिमा अझ बढी सावधानी अपानाउनु पर्ने पनि न्यौपानलेले बताएका छन् ।

यसपटक मेष, सिंह, कन्या, र मकर राशीको लागि यो ग्रहण उपयोगी भएकाले प्रत्यक्ष नहेरी पानीमा सूर्यको छायाँ हेर्दा लाभ मिल्ने पनि उनले बताए । मिथुन राशीको लागि यो साह्रै घात भएकाले हेनै नहुने उनले बताए । सिंह, कन्या, र मकरबाहेक अरु कुनै पनि राशीका व्यक्तिहरुले यो ग्रहण हेर्न नमिल्ने उनले बताएका छन् । उनले भिडियो गहण कसरी बार्ने र यसको असर के कसरी पर्छ भनेर यसरी चर्चा गरेका छन् :