आज शनिबार ३३१ जनामा कोरोना, सँक्रमित ८६०५ पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ असार

नेपालमा आज शनिबार ३३१ जनामा कोरोना भाइरस (कोभिड(१९) देखिएको छ । पछिल्लो २४ घन्टामा ३३१ जनामा कोरोना सँक्रमण देखिएको हो । जसमा २८२ जना पुरुष र ४९ जना महिला रहेका छन् । पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा ३३१ जनामा कोरोना सँक्रमित देखिएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताए ।

योसँगै नेपालमा कोरोना सँक्रमितको सँख्या ८ हजार ६०५ जना पुगेको छ । जसमा ७८४९ जना पुरुष र ७५६ जना महिला रहेका छन् ।

नेपालमा आजसम्म कोरोना सँक्रमणबाट २२ जनाको मृत्यु भएको पनि स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ । यस्तै शनिबारसम्म १हजार ५७८ जना डिस्चार्ज भएको पनि प्रवक्ता गौतमले बताए ।