क्वारेन्टाईनबाट घर फर्किएपछि बर्दियामा एक पुरुषको निधन


ब्युटी न्युज नेपाल
नेपालगञ्ज, ५ असार

बारबर्दिया नगरपालिका–३ का ४५ वर्षीय एक व्यक्तिको बिहीबार राति मृत्यु भएको छ । उनी हिजो मात्रै क्वारेन्टाईनबाट घर फर्किएका थिए । सो नगरपालिकाका जनस्वास्थ्य निरीक्षक डिल्लीराज शर्माका अनुसार उनी जेठ २२ बाट सो नगरपालिकाको वडा नम्बर–३ स्थित खुरखुरे बालविकास केन्द्रको क्वारेन्टिनमा बसेका थिए । शर्माका अुनसार १४ दिन क्वारेन्टाईन बसेर घर फर्किएपछि उनको निधन भएको हो ।

आरडिटीको रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका उनको गएराती एक्कासी स्वास प्रश्वास बढ्नुका साथै टाउको र पेट दुख्ने समस्या आयो । सोही क्रममा जिल्ला अस्पताल लजाँदै गर्दा ति पुरुषको निधन भएको परिवारले जनाएका छन् ।
उनको स्वाब संकलन गरी कोरोना परिक्षणको लागि नेपालगन्जस्थित भेरी अस्पताल पठाइएको छ । उनको मृत्युमा कोरोनाको लक्षण देखिएकाले कोरोना रिपोर्ट आएपछि मात्रै अन्त्येष्टि गरिने बताईएको छ ।