ब्युटी न्युज नेपाल

काठमाडौं, ४ असार

कोरोना सँक्रमणको नयाँ सँक्रमित नदेखिएको भन्दै काठमाडौंमा सामाजिक दुरी घट्न थालेको छ । तर यसैबीच आज मात्र काठमाडौं उपत्यामा ६ जनामा कोरोना सँक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

जसमा भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण पुष्टी भएको गोतमले बताए ।

भक्तपुर व्यासीका २४ वर्षका पुरुष, टीकाथलीका ५० वर्षका पुरुष  र भक्तपुर नगरपालिका- १६ का २२ वर्षका पुरुषमा कोभिड-१९ पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

यस्तै काठमाडौंको कपन बालुवाखानीका ४५ वर्षका पुरुष र काठमाडौं तीनकुनेकी ३४ वर्षकी महिलामा पनि संक्रमण पुष्टि भएको छ भने ललितपुरका संक्रमित कुन ठाउँका हुन भनेर खुलाईएको छैन ।