आजै एकै दिन ६७१ जनामा कोरोना, सँक्रमित सँख्या ७८४८ पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ असार

नेपालमा आज बिहिबार कोरोना सँक्रमितको सँख्य एकै दिनमा ६ सय नाघेको छ । आज मात्र ६७१ जनामा कोरोना सँक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहिबार पत्रकार भेटघाटमा जानकारी गराएका छन् । उनमा अनुसार सँक्रमितमा ५९१ पुरुष र ८० जना महिला रहेका छन् ।

आज बिहिबार सबैभन्दा धेरै अर्घाखाँचीमा ९७ संक्रमित भेटिएका छन् । डडेलधुराका ८४, दैलेखका ९४, अछामका ४४, बाजुराका ४१, कैलालीका ४२, रोल्पाका ३५, सुर्खेतका ३४, नवलपुरका ३२, धनुषाका २९, बैतडीका २५, कपिलवस्तुका १७, रुपन्देहीका १२ र गोरखाका ११ जनामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसै गरी स्याङ्जाका ९ जना, पाल्पाका ६, तनहुँ र पर्वतका ५/५ जना, पर्वत र दाङका ४/४ जना, बाँके, बर्दिया र गुल्मीका ३/३ जना, नुवाकोट, बझाङ, कञ्चनपुर, झापा र सर्लाहीका २/२ जना तथा मोरङ, महोत्तरी,  सिन्धुली, सिन्धुपाल्चोक, चितवन, नवलपरासी, बाग्लुङ, र मनाङका १/१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा ६७१ जना कोरोना सँक्रमित थपिँदा नेपालमा हालसम्म कोरोना सँक्रमितको सँख्या ७ हजार ८४८ पुगेको छ । जसमा पुरुष ७ हजार २२९ जना र महिला महिला ६१९ जना रहेका  छन् ।

यस्तै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सँख्या २२ पुगेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनासँक्रमणबाट बुधबार कैलालीको २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना सँक्रमणपछि यी दुईको मृत्यु पुष्टी भएसँगै कोरोनाबाट सँक्रमितको मृत्यु २२ पुगेको हो ।

यस्तै आज कोरोना सँक्रमणबाट मुक्त भएर १९ जना आज डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार हालसम्म १ हजार १८६ जना डिस्चार्ज भैसकेका छन् । जसमा पुरुष १ हजार ७२ जना र महिला ११४ जना रहेका छन् ।