ब्युटी न्युज नेपाल
नेपालगञ्ज, ४ असार,

कैलालीमा मृत्यु भएका थप २ जना कोरोना सँक्रमित हुन् । उनीहरुको कोरोना भाइरस (कोभिड(१९) को संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । यो सँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या २३ पुगेको छ ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा र
कैलालीकै लम्की चुहा नगरपालिका २ की ४३ बर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा बुधबार मृत्यु भएको हो ।
यी दुईको निधनसँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या २३ जना पुगेको छ ।

ती पुरुषको शनिबारमात्र कोरोना सँक्रमण पुष्टी भएको थियो । उनको स्वस्थ्यमा समस्या आएपछि धनगढीकै नवजिवन अस्पतालमा उपचार गर्ने क्रममा उनको कोरोना संक्रमण पुष्टी भएपछि उनलाई सेती प्रादेशिक अस्पचाल सारिएको थियो । प्रादेशिक स्वस्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीका अनुसार ती पुरुषको उपचारकै क्रममा कोरानाबाट हिजो निधन भएको हो । निमोनियाले ग्रस्त उनलाई काठमाडौं लैजाने तयारी गर्दा गर्दै निधन भएको अस्पतालले जनाएको छ । उनको शबलाई सुरक्षाकर्मीले सुरक्षित रुपमा अन्त्यष्टी गर्ने भएका छन् ।

यस्तै लम्की चुहाकी महिलालाई टाउकोमा चोट लागेपछि आइतबार नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर भर्ना गरिएको थियो । सर्जरी गर्नुअघि पीसीआर टेष्ट गर्न स्वाब संकलन गरी ल्याब पठाईएकोमा उनको बुधबार साँझ कोरोना सँक्रमण रिपोर्ट पोजेटिभ आएको हो ।
तर उनको मंगलबार राती साढे ११ बजे नै निधन भएको थियो । यसरी कैलालीमा २ जना कोरोना सँक्रमितको निधन भएको छ ।