आत्महत्यापछि अर्घाखाँचीका पुरुषमा पनि कोरोना पुष्टी


ब्युटी न्युज नेपाल
बुटबल, ४ असार,

फेरी आत्महत्या गरेका अर्का एक व्यक्तिको कोरोना सँक्रमण पुष्टी भएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टिनमा आरडीटी रिपोर्ट पोजेटिभ आएका ४४ वर्षका पुरुषले आत्महत्या गरेका हुन् । आत्महत्यापछि उनको कोरोना संक्रमण पोजेटिभ आएको छ ।

यसअघि सुर्खेतको क्वारेन्टिनमा आत्महत्या गरेकी एक महिलामा पनि कोरोना पुष्टि भएको थियो । शितगंगा–५ का ४४ वर्षका यी पुरुषले मंगलबार राति रुखमा झुण्डिएर आत्महत्या गरेका थिए ।

उनको २४ जेठमा गरेको आरडीटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि २५ गते पीसीआर परीक्षणका लागि स्वाबको नमूना संकलन गरेर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएकोमा हिजो उनको रिपोर्ट पोजेटिभ आएको हो ।

बुधबार दिनभर उनको शव रुखमै झुण्डिएकै अवस्थामा थियो भने पीसीआर रिपोर्ट आएपछि मात्र उनको शब त्यहाँबाट सुरक्षाकर्मीले सुरक्षित निकालेका हुन् ।

२५ दिन अघि भारतको पञ्जाबबाट आएर उनी क्वारेन्टाईनमा बसेका हुन् । उनको शबलाई नेपाली सेनाले बुधबार बेलुका नजिकैको जँगलमा लगेर अन्त्यष्टी गरेको छ ।