आत्महत्या गरेकी सुर्खेतकी युवतीमा कोरोना पुष्टी, कोरोनाबाट मृत्यु २१ पुगे


ब्युटी न्युज नेपाल
नेपालगञ्जा, ३ असार

नेपालमा कोरोना सँक्रमणबाट मृत्युको सँख्या फेरी १ जना थपिएको छ । यसपटक मृत्यु हुनेमा कोरोनाबाट नभएर कोरोना पुष्टी भए पनि आत्महत्याबाट मृत्यु भएको हो । १४ दिन क्वारेन्टाईनमा बसेर घर फर्किएकी सुर्खेतको सिम्ता गाउँपालिका ८ कि २५ वर्षीय युवतीले घर नजिकै झुण्डिएर आत्महत्या गरेकी थिईन् । ती युवतीमा कोरोना संक्रमण पोजेटिभ देखिएको उनी कोरोना सँक्रमित भएको कर्णाली सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।

उनले सोमबार १ असारमा आत्महत्या गरेकी हुन् । उनको शव पोस्टमार्टम गर्नुअघि मेहलकुना अस्पतालले कोरोना सँक्रमण परिक्षणका लागि स्वाब पठाएको थियो । उनको कोरोना सँक्रमण बुधबार पुष्टि भएको हो । यो सँगै कर्णालीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ पुगेको छ । नेपालमा योसँगै मृत्यु हुने कोरोना सँक्रमितको सँख्या २१ जना पुगेको छ ।

ती युवती गत १२ जेठमा श्रीमान र तीन वर्षकी छोरीसहित भारतबाट आएर सिम्ताकै एक क्वारेन्टिनमा १४ दिन बसिन् । त्यसपछि उनी परिवारसँगै घर फर्किएकी हुन् । क्वारेन्टिनबाट घर जाने क्रममा आरडीटी विधिबाट कोरोना एन्टीबडी जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए । तर अहिले उनको रिपोर्ट पोजेटिभ आएको छ । अब उनको शबलाई नेपाली सेनाले पूर्ण सुरक्षाका साथ अन्त्यष्टी गर्ने भएको छ ।