वर्षाले भनिन् : गुटबन्दीका कारण म पनि डिप्रेसनमा थिएँ


ब्युटी न्युज नेपाल
काठमाडौं, २ असार

अभिनेत्री वर्षा शिवाकोटीले नाताबाद कृपाबाद र गुटबन्दी सबैतिर हुने गरेको बताएकी छिन् । चलचित्र क्षेत्रमा त्यो त झन स्पष्ट देखिने गरेको उनको कथन छ । आईतबार मात्र बलिउड अभिनेता शुसान्त सिंह राजपुतले आत्महत्या गरे । सानो शहरबाट मुम्बई पुगेर एउटा परिचय बनाएका शुसान्त पुस्तौनी कलामा लागेका कलाकारहरुको नाताबादको शिकार भएको बताईएको छ । नाताबाद कृपाबाद र गुटबन्दी नेपाली चलचित्र उधोगमा पनि त्यतिकै भएको अभिनेत्री वर्षाले बताएकी छिन् । आफ्नो फेसबुकमा लेख्दै उनले नेपाली सिनेमा क्षेत्रमा हुने गरेको नाताबाद, कृपाबाद र गुटबन्दीको शिकार आफु पनि भएको बताएकी छिन् । यसै बिषयमा अभिनेत्री वर्षा शिवाकोटीले आफ्नो फेसबुक पेजमा मा यस्तो लेखेकी छिन्, :

Nepotism सबै तिर हुन्छ… Film industry मात्र हैन । फरक यत्ति हो कि Film Industry छर्लङ छ … सत्य बोल्ने आंट कमै को छ । किन कि यस्ता अभिव्यक्तिले भोलिका दिनमा करिअरमा असर पर्न सक्छ । कामको अभाव हुन सक्छ । गत बर्ष यो बिषयमा फेसबुक स्टाटसमार्फत मैले नि हल्का कुरा उठाएकी थिएं । त्यसपछी यसबारेमा कोही बोलेको सुनीएन, देखिएन पनि ।

हालै घटित बलिउड घटनाले यहाँ पनि यो बिषयमा चासो बढेको देखें । केहीले आवाज नि उठाउनु भयो,जुन कुरामा म पनि सहमत छु ! तर यति भन्दै गर्दा र आजको दिनसम्म यो ठाउंमा आइपुग्दा  यो बिषयले मात्र फिल्म क्षेत्र रुमल्लिएको छैन ।  यहां अरु थुप्रै अवस्था छन, जुन कुरामा ध्यान दिन पनि जरुरी छ । जस्तै groupism, love affairs, comparision, unnecessary bounding between reporters/ youtubers & actors, so on  । यी कुराको बिगबिगीले पनि नकारात्मक असर पारेको छ । मेरो उक्त स्टाटसमा यी सबै कुरा उल्लेख थियो । म स्वयम् यसको victim हुं । यहां नामका कारण पाइलै पिच्छे तुलना (comparision) हुन्छ । मैले जति नै राम्रो,फरक काम गरे पनि प्रश्न उठाइन्छ । यी कुराले कति ठाउंमा मलाई मानसिक पीडा भएको मेरा नजिकका केही बाहेक कसैलाइ थाह छैन । केही समय अघि म पनि depressed थिएं ।

यहां त यतिसम्म कि, insta र facebook को followers को आधारमा समेत केहीले मेरो कामको मुल्यांकन गर्ने गरेका छन । जस्को धेरै followers त्यसलाई बढि approach हुन्छ कामको । जसको धेरै youtube मा interview आउछ,उ हिट कलाकार कहल्याइन्छ । यी सबैको सामना गरेर पनि आफ्नो ethics कायमै राखि अगाडि बड्ने प्रयासमा जोड दिन जरुरी छ । star kid भन्दै गर्दा वहांहरुको कामको मुल्यांकन हजुरहरुले नै गर्नु भएको छ । को अब्बल, को कम्जोर, ठम्याउने जिम्मा हजुरहरु कै हो ।

Nepotism ले कहिलेसम्म धान्ला र ? At the end … हामी सबैलाई राम्रो काम गर्ने कलाकारको महत्व थाह भइ नै हाल्छ । मेरो पछिल्लो अभिब्यक्ति पश्चात मैले अब industry मा काम नै नपाउने हल्ला थियो तर यो lockdown नभएको भए मैले sign गरेका कति फिल्म समय दिन नसकेर छोड्नु पर्ने condition थियो  ।

तपाईं कुनै काम गर्नु हुन्छ भने पूर्ण मिहिनेत, बिश्वास र समर्पणका साथ गर्नुस की, जहाँ कुनै बादले छुन पनि नसकोस । तपाईं प्रतिभा सम्पन्न, लगनशील र आत्मबिश्वासी हुनुहुन्छ भने एकदिन अवश्य तपाईको मिहीनेतले कदर पाउने छ । हत्केलाले सूर्यलाई छेकेर छेकीन्छ र ? 🙂