६ जनाको ज्यान गएको रुकुम घटनामा ३४ जनालाई कर्तव्य ज्यान मुद्दा


ब्युटी न्युज नेपाल
काठमाडौं, १ असार

रुकुमको चौरजहारीमा सोतीमा नवराज विकसहित ६ जनाको ज्यान गएको घटना स्वभाविक मृत्यु नभएर सामूहिक हत्या भएको निष्कर्षसहित प्रहरीले निकालेको छ । प्रहरीको सो अनुसन्धानको आधारमा गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै रुकुम घटनाका ६ जनाकैA हत्या भएको जनाएको छ । यी ६ जनालाई लखेट्दै नियन्त्रणमा लिई कुटपिट गरेर खोलामा फालेको अनुसन्धानबाट देखिएको गृह मन्त्रालयले जनाएको छ । गृहन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले सोमबार बिज्ञप्ति जारी गर्दै सो घटनामा सम्लग्नहरुको नाम सार्वजनिक गरेका छन् ।

उता सो घटनासँग जोडिएका सबै अभियुक्तहरुलाई प्रहरीले जिल्ला अदालतमा मुद्दा पेश गरेको छ । प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सोही प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले आईतबार जिल्ला अदालतमा सबै अभियुक्त बिरुद्ध मुद्दा पेश गरेको हो । अहिले ३४ जना बिरुद्ध मुद्दा दायर गरिएको जिल्ल सरकारी वकिलको कार्यालयले जनाएको छ । यी ३४ जना मध्ये २९ जनालाई पक्राउ गरेर थुनामा राखिएको छ । बाँकी ५ जना अझै फरार अबस्थामा छन् ।

हाल थुनामा राखेर मुद्दा चलाईएका अभियुक्तहरुमा डम्बरबहादुर मल्ल, डिल्ली मल्ल, तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सर्वजित भन्ने सविन पुन, नाम पविर्तन गरेर युवती, युवतीका बुबा, आमा, दाइ, एक जना नाबालकको पनि नाम परिवर्तित, इन्द्रबहादुर मल्ल, तिलक सन, इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, दिपेन्द्र चन्द, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनराज राणा, नविनकुमार घर्ती, विराज पुन मगर, भीमबहादुर पुन, रमित पुन मगर, विष्णु मल्ल रहेका छन् ।

यस्तै फरार अभियुक्तहरुमा तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर बुढारहेको पनि सो प्रहरीले जनाएकाछ ।