ब्युटी न्युज नेपाल
काठमाडौं, १ असार

नेपालमा आज ४५१ जनामा कोरोना सँक्रमण देखिएको छ । स्वस्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार आज ४५१ जनामा कोरोना सँक्रमण पुष्टी भएको हो ।

सँक्रमितमा ४५१ जना पछिल्लो २४ घन्टामा थपिएका हुन् । जसमा ४१६ जना पुरुष र ३५ जना महिला रहेका छन् ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार सबैभन्दा धेरै रौतहटका १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, दैलेखका ९३ जना, दाङका ४३, महोत्तरीका ३०, सर्लाहीका २३, मोरङका २२, सुर्खेतका १९, बर्दियाका १६, रुपन्देहीका १२ र पाल्पा र पर्साका १०र १० जनाको रिपोर्ट पोजेटिभ आएको पनि उनले बताए ।

त्यसैगरी धादिङका ९ जना, गुल्मीका ७, तनहुँ र बाँकेका ५र५ जना धनुषा, सिराहा रोल्पा र डोटीका ४र४ जना तथा सुनसरी, नुवाकोट, प्युठान, अर्घाखाँची, कैलाली, अछाम ३र३ जना, गुल्मीका दुई जना र चितवन, बारा, कपिलवस्तु र झापाका १र१ जनामा संक्रमण पुष्टि भएको पनि डा. गौतमले बताए ।

यस्तै डा. गौतमका अनुसार काठमाडौं उपत्यकाका पाँच जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंका २ जना पुरुष र २ जना महिला तथा ललितपुरकी १ महिलामा संक्रमण पुष्टि भएका छन् । तर उनीहरुको ठेगाना खुलाईएको छैन ।

यो सँगै नेपालमा सँक्रमित सँख्या ६ हजार २११ पुगेका छन । जसमा पुरुष ५ हजार ७४० जना र महिला ४७१ जना रहेको छ ।

यस्तै आज कोरोना मुक्त भएकार डिस्चार्ज ६७ छन् । जसमा ६० पुरुष र ७ जना महिला रहेको पनि डा. गौतमले बताए । आजसम्म १०४१ जना डिस्चार्ज भएका छन् । जसमा पुरुष ९३७ जना र महिला १०४ जना रहेका छन् ।