ब्युटी न्युज नेपाल
काठमाडौं, ३२ जेठ,

नपलपरासीको बर्दघाट नजिक जिप दुर्घटना हुँदा आज पश्चिचम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ । शर्मा चढेको लु १ झ ३७० नम्बरको जिप बर्दघाटको लक्ष्मीनगर पुलदेखि तल खोलामा खसेर दुर्घटना भएको हो । शर्मासँगै कारमा सवार प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाइते भएका छन् ।

गाउँपालिका कार्यालयबाट जिल्ला विपद् व्यस्थापन समितिको परासीमा राखिएको बैठकमा सहभागी हुन जाने क्रमममा जिप दुर्घटना हुँदा उनको मृत्यु भएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले बताएका छन् ।

र्घटनामा घाइते भएका शर्मालाई उपचारका लागि चिसापानी अस्पतालमा लगिएको थियो । तर अस्पतालले उनको मृत्यु भएको घोषणा गरेको प्रजिअ पाठकले बताएका छन् । जिपमा रहेका अरु खतरामुक्त रहेको प्रजिअ पाठकले बताएका छन् ।