आज २७३ जनालाई कोरोना, सँक्रमित ५३३५ र मृतक १८ पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ जेठ

नेपालमा आज २७३ मा कोरोना सँक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा २७३ जनाको कोरोना सँक्रमण पोजेटिभ देखिएको हो ।

२३७ जना पुरुष र ३६ जना महिला रहेको छन् । योसँगै नेपालमा कोरोना सँक्रमितको सँख्या ५ हजार ३३५ जना पुगेको छ ।

आज सँक्रमितहरुमा सबैभन्दा बढी रौतहटमा ९२ जना रहेका छन् । यस्तै सुर्खेतका ४०, दैलेखका ३०, कपिलवस्तुका २५, बाँकेका १८, रोल्पाका १७ र सर्लाहीका १३ जनाको रिपोर्ट पोजेटिभ आएको पनि प्रवक्ता गौतमले बताए । उनका अनुसार आज पर्सामा ६ जनालाई, बर्दियामा ६ जनालाई, झापामा ५ जनालाई, रुपन्देहीमा ५ जनालाई, मोरङमा ४ जनालाई, पर्वतमा ४ जनालाई, दाङमा २ जनालाई, गुल्मीमा २ जनालाई महोत्तरीमा १ जनालाई, बारामा १ जनालाई र नवलपरासी १लाई कोरोना सँक्रमण भएको छ । उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि प्रवक्ता गौतमले बताए ।

यस्तै कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या १८ पुगेको पनि डा. गौतमले बताउका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्साका २५ वर्षीय पुरुष र निजगढ, बाराका ५ वर्षीय बालकको मृत्यु भएको हो ।