ब्युटी न्युज नेपाल
काठमाडौं, ३० जेठ

काठमाडौंमा रसिया संस्करण अन्तर्गतको ‘नेसनल बक्स आफिस म्युजिक अवार्ड –२०७६’ प्रदान गरिएको छ । रसियामा हुने यो अवार्ड विश्वव्यापी कोरोना सँक्रमणका कारण लकडाउनकै बेला सामाजिक दुरी कायम गदै काठमाडौंको ठमेलको एक होटलमा गरिएको हो ।

यसपटक पनि विश्व किर्तिमानको मापदण्ड पूर्ण पालना गर्दै अवार्ड प्रदान गरिएको आयोजक संस्था वक्स अफिस इन्टरनेसनल ग्रुपका अध्यक्ष रामबहादुर सुबेदी (आरके)ले बताए ।

आयोजक आरकेले यस भन्दा अघि पनि उडिरहेको हवाई जहाज, समुन्द्र भित्र, सर्वोच्च शिखर सगरमाथाको आधार शिबिरमा अवार्ड गर्दै गिनिज बुक अफ द वल्र्ड रेकर्डमा नेपालको नाम दर्ता गराई सकेका छन् । अवार्डको निर्णायकमा वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा, राजु सिंह, महेश खड्का, चेतन सपकोटा, वसन्त सपकोटा थिए ।

भेटघाटमा गायक गायिका ज्ञानु राणा, गायक आनन्द कार्की, यम वरालले क्रिटिस्क अवार्ड पाए । गायिका अन्जु पन्तले जुरी र मेलिना राईले क्रिटिक्स अवार्ड पाईन ।

चलचित्र भिडियो तर्फ ए मेरो हजुर ३ बाट अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाले, चलचित्र गीति भिडियो (अभिनेता÷अभिनेत्री) पब्लिक च्वाईस अवार्ड प्राप्त गरे ।

यस्तै चलचित्र बीर बिक्रमबाट अभिनेता पल शाह र अभिनेत्री वर्षा सिवाकोटीले चलचित्र गीति भिडियो (अभिनेता अभिनेत्री) जुरी अवार्ड प्राप्त गरे ।

आर्थिक वर्ष २०७५/०७६ को असार मसान्तसम्म सार्वजनिक भएका मध्यबाट यो अवार्डका लागि ३ हजार ७०० वटा गीतसँगीत र म्युजिक भिडियोले आबेदन दिएका थिए । जसमा चलचित्र, आधुनीक, लोक दोहोरी, लोक, पप, राष्ट्रिय भावनाले ओतप्रोत, तिज, चाडपर्व, भाषाभाषिक, प्रवास, भजन, मोफसलसहित विधा ३२ वटा विधा थिए । ३२ वटै विधामा जुरी, क्रिटिक्स, पब्लिक च्वाईस र इनकरेजमेन्ट गरी २२२ श्रष्टालाई कार्यक्रममा अवार्ड प्रदान गरियो ।

यस्तै पपबाट कमल खत्री, सुनिल सिंह ठकुरी, आशिष सचिनले पनि अवार्ड प्राप्त गरे । लोक दोहोरीबाट गायक प्रकास सपुत र गायिका ज्योती मगरले क्रिटिक्स अवार्ड पाए ।

आधुनिक संगीतकारबाट दिपक रमण, विकाश चौधरी, आधुनिक गायकबाट प्रमोद खरेल, सिडी बिजय अधिकारी, देव कुमार चौधारी, सिताराम पोखरेलले पनि फरक चार विधाका अवार्ड पाए । यस्तै आधुनिक संगीतकार दिपक राज गौतम, सुमन नेपाली, राज सिग्देल, ज्योती प्रकाश, शान्ति थापा, नारायण गजुरेल, अमृशा पाण्डेले पनि अवार्ड प्राप्तगरे ।

कार्यक्रममा आधुनिक गीतकारबाट डब्बु क्षत्रीले आधुनिक गीत विधामा मेरो जवानीबाट क्रिटिक्स अवार्ड पाए भने मेरो जवानी गीतबाटै गायिका सरिता भरातीले गायिका तर्फको इनकरेजमेन्ट अवार्ड पाईन् ।

आधुनिक गीतबाटै डा. डिआर उपाध्याय, अरुण तिवारी, नारायण गजुरेल, राष्ट्रिय गीतकारबाट प्रभु शाह, भूमिका लिम्वु सुब्बा, ध्रुव प्रसाद अम्वानी, श्रीधरा अधिकारी (श्रीजु)ले अवार्ड पाए ।

सोही क्रममा आधुनिक भिडियो निर्देशकबाट शोभित बसनेत, मदन घिमिरे, राजु अधिकारी, ज्योती काफ्ले, अमर ओली, गम्भिर बिष्टले अवार्ड प्राप्त गरे । आधुनिक गीत मोडल पुरुषबाट धिरेन शाक्य, मोडल सितल के.सी, विनोद श्रेष्ठ, राज क्षितिज, महिला मोडलबाट आशिष्मा नकर्मी, शुभेच्छा थापाले क्रिटिक्स अवार्ड पाए ।

आधुनिक पप तर्फ गायक नरहरी प्रेमी, गायिका सृजना केसी, आश्मा पाण्डे,निरुता खत्री, सुजता केसी, शोभा कार्की, तृष्णा खड्का, जानकी कुँवर, सञ्जु न्यौपानेले पनि चार फरक विधाका अवार्ड पाए । पपतर्फ विनोद ढकाल, दिनेश क्षत्री, सुरज पौडल, नारायाण थापाले पनि विभिन्न अवार्ड प्राप्त गरे ।

आधुनिक, लोक गायनमै पम्फा कडेंल, रेखा वस्नेत, अनिता श्रेष्ठ, विक्रम थापा, खुसीहाङ्ग राई, केशब शर्मा वेल्वासे, काव्य आचार्य, प्रकाश कुमार राई, भुवन प्यासी, लोकेश राई, चित्र अठरीया राई, सन्जिब वहादुर सिंह, शङकर ढकालले बक्स अफिस अवार्ड पाए ।

यस्तै गीतकार तर्फ नै विष्णु पौडेल, श्यम शर्मा, किरण घिमीरे, तिल वहादुर कार्की, सानु केसी, नरेन पुनले इन्करेजमेन्ट अवार्ड थापे भने लोक गायन तर्फ यज्ञ सापकोटा, गौरी भट्ट, रमित विसी, लक्ष्मी वस्नेत, दिपक वराइली, राज कुस्मी, चन्द्र वहादुर तामाङ, इन्दु वस्याल यही अवार्ड पाए । नव गायन तर्फ सुरेश गौतम, अनुशा रायमाझी, नव राज लोहनीले अवार्ड पाए । भजन तर्फ खुमा ओली सो अवार्ड पाईन् ।

सोही क्रममा पप आधुनिक मोडल तर्फ विभिन्न विधामा विशाल विष्ट, रञ्जन रिजाल, श्रेया दुलाल, उषा कार्की, फरिता खड्का, सानु तामाङ, प्रतिक्षा खड्का, रमेश चन्द सोडारी अवार्ड पाए । यस्तै सिमरन कार्की, प्रेम सोनी, नवराज सिलवाल, ए.न भट्टराई, समृद्धि पौडेल, राजु लामा, किशोर कुमार शर्मा, समिर खनाल, कविता राय, रुस्मा राई, चलचित्र भिडियो (नव नायक) प्रेम सोनी, रिता थापा, भिमि बहादुर कार्की (भुपाल), श्रीजना मैनाली, ऋचा थापा, समृद्धि पौडेलले पनि पप आधुनिक मोडल तर्फ अवार्ड हासिल गरे । युगल गायन कमल खत्री र रानी शाक्यले अवार्ड पाए ।

लोक संगीत तथा गायन तर्फ नविन रावल, जिवन परियार, सरु थापा, धन कुमारी रायमाझी, सुस्मा राई, कृष्ण वस्नेत, यमन माझी, कृष्ण लामीछाने, धर्मराज न्यौपाने, दुर्गा मगर, सुमि पराजुली, विमल आठरिया राई, नविन रेउले विभिन्न विधामा अवार्ड जिते ।

यस्तै विभिन्न भाषाको गीतकारतर्फ मिनसागर लामा, सुमन चित्रकार, गणेश प्रसाद मर्हजन, दिल कृष्ण प्रजापती, अशोक श्रेष्ठ, राजेश कुमार श्रेष्ठ, अशोक महर्जन, देव नारायण मगर,सन्ध्या राई, गीतकार प्रकाश पुन्जले अवार्ड पाए ।

यस्तै विभिन्न १२ भाषाका फरक चार विधाका अवार्ड गायक गायिकाहरु जित वहादुर पुन, लक्ष्मी दोङ्ग तामाङ्ग, रोजी श्रेष्ठ,नन्दु राई, पुर्ण लिम्वु, मान्जय लामा, रामभक्त जोशी, रत्नशोभा महर्जन, नविन महर्जन, लिला लामा, आश्मा राई, डिकेश इदिङ्गो, उजय नेमाङ्ग लिम्बु, पुर्ण वहादुर लिम्बु, अनुका राई, संगीता राई, आङनिमा शेर्पा, खुसी थुलुङ्ग राई, भक्तराज देव, कमला धामी, यम शर्मा सुब्बा, सानी शाक्य, पुनम मोथेले प्राप्त गरे ।
यस्तै प्रवासबाट चलचित्र गीतकार नृपेश उप्रेतीले, गीतकार पुनम मोधे, संगीत सृजना दिलीप राई, सागर गोविन्द चेम्जुङ्ग लिम्बुले अवार्ड प्राप्त गरे । महिला गीतकारमा सावित्री चिलवाल, प्रियांका भण्डारी, तृष्णा खड्का, सपना पुनले अवार्ड पाए ।

विविध एवम् भाषिक मोडल तथा नव मोडल अजय खड्का, माधव केसी, सुवास फुयाल, बुद्ध कुमार श्रेष्ठ, साजन सन्ध्या राई, विन्दु राई, पुजा गुरुङ्ग, लोक वहादुर सुनुवार, विजेन्द्र नेमाङ्ग, दिपेश श्रेष्ठ, करण श्रेष्ठ, विवेक चौधरी, उज्वन नेम्वाङ्ग, कविता यादव, समिर खड्का, सुक वहादुर तामाङ्ग, कविता शाक्य, कमल सिंह, दुर्गा भट्ट, सुस्मिता श्रेष्ठ, नियुक्ति काजी शेर्पा, सुरज नापित, सरोज नापित, सोभा महर्जन, सारा श्रेष्ठ, राजेश कार्की, दुर्गा भट्टले पनि अवार्ड हाँसिल गरे ।

गीतकार प्रकाश पुन्ज, गीतकार पुष्पराज वराल, रवि सिंह, सम्राट वस्नेत, किरण माईकल घिमिरे, विष्णु खड्का, नरेन पुनले पनि फरक विधामा इन्करेजमेन्ट अवार्ड प्राप्त गरे ।

यस्तै चलचित्र नृत्य निर्देशकबाट कविराज गहतराज, दिनेश पाख्रिन, क्रिटिक्स अवार्ड पाए । लोक, पप तथा विविध म्युजिक भिडियो निर्देशक माईकल चन्द, मदन खड्का, जिवन शाही, किशोर भण्डारी, उत्तम बहादुर वाइबा, नविन पुरी, लिला विष्ठ, टिका राम ढुङ्गना, मैथिली गीत भिडियो निर्देशक सुवास गजुरेल, भिडियो निर्माता भिम बहादुर कार्की (भुपाल)ले चार फरक विधाको अवार्ड पाए ।

भिडियो छायाङ्कनमा विरेन्द भट, रविन ढुँगेलले, सम्पादनमा अनिल राणा, प्रेम शर्मा पौडेल, वावु काजी डाल्मी, नविन निरौला, तेन्जिङ्ग मोक्ताङ्ग लामा, विश्व खड्काले, नृत्य निर्देशनमा प्रकाश क्षत्री, केशव अधिकारी, सुवल थापा, उत्तर कुमार थापा र नवनिर्देशक कुमार आचार्यले इन्करेजमेन्ट अवार्ड प्राप्त गरे ।

यस्तै प्राविधिक तर्फ मिकसिङमा डिका गुरुङ्ग, बाद्यबादनमा राजु खड्का, एरेन्जरमा विर वहादुर फुयाल, थोमस राई, एरेन्जर सुमन कपाली, राकेश क्षेत्रीले आवार्ड पाए ।

सोही कार्यक्रममा उपस्थित अवार्ड बिजेताहरुलाई एक लाख एक हजार १०१ रुपैयाँको आकस्मिक उपचार सहयोग रकम स्वरुप चेक पनि प्रदान गरियो । अस्पतालमा उपचार गर्न नसकेको अबस्थामा आयोजक पक्षले सो रकम सहयोग गर्नेछ ।

सो कार्यक्रममा कलाकार संघका अध्यक्षय रविन्द्र खड्का, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य अशोक राई, ए डिभिजन मनाङ्ग मस्याङ्गदी क्लबका अध्यक्षय छिमि गुरुङ्ग, समाजसेबी सोनाम गुरुङ, वरिष्ठ पत्रकार मदन कुमार श्रेष्ठलगायतले अवार्ड प्रदान गरे ।