१०० जना प्राविधिकलाई कलाकारको आर्थिक सहयोग


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० जेठ

शुक्रबार दिउँसो काठमाडौंको डिल्लीबजार स्थित बिजय मेमोरियल स्कुलमा सिनेकर्मीहरुको बाक्लो उपस्थित देखियो । मुलुकमा लकडाउन खुकुलो भएपछि काठमाडौंमा शुक्रबार सिनेकर्मीहरु सामाजिक कार्यको लागि भेला भएका हुन् ।
क्यामेराको पछाडी बसेर मजदुरी गर्ने नेपाल चलचित्र प्राविधिक संघका सदस्यहरुलाई आर्थिक सहयोग प्रदान गर्न उनीहरु एकै थलोमा आएका हुन् ।

अभिनेताहरु रमेश उप्रेती, दीपकराज गिरी, जितु नेपाल, अभिनेत्रीहरु केकी अधिकारी, ऋचा शर्मा, स्वस्तिमा खड्का, दीपाश्री निरौला देखिसहित विभिन्न कलाकार प्राविधि एकै ठाउँमा भेला भएका हुन् ।

यी कलाकारहरुले व्यक्तिगत रुपमा ३ लाख रुपैयाँ सँकलन गरेर १०० जना प्राविधिकहरुलाई आर्थिक सहयोग गरे । नेपाली चलचित्र उधोग ठप्प छ । सबै घरमै छन् । फिल्ममा दैनिक ज्यालादारीमा काम गर्ने प्राविधिकहरु आर्थिक र खाद्यान्न सँकटमा छन् । उनीहरुलाई केही सहुलियत होस भनेर विभिन्न कलाकार तथा पत्रकारहरुले व्यक्तिगत रुपमा आर्थिक सँकलन गरेर यी १०० जना प्राविधिकहरुलाई आज आर्थिक सहयोग गरिएको कलाकार जितु नेपालले बताए ।

भिडियो न्युजमा कलाकारको सहयोग

कलाकारहरु रमेश उप्रेती, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे माग्ने बुढा, दीपाश्री निरौला, केकी अधिकारी, ऋचा शर्मा, स्वस्तिमा खड्का, गौरब पहाडी, साकार पन्त, अनुराग कुँवर चलचित्र निर्माता निशान बजगाईं, सुमन गिरी, पत्रकार लक्ष्मण सुवेदी र अनुप भट्टराईले ३ लाख रुपैयाँ जम्मा गरेर १०० जना प्राविधिकहरुलाई आज प्रदान गरेका हुन् । नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा र निबर्तमान अध्यक्ष मनोज केसीको सँयोजकत्वमा प्रत्यक प्राविधिकलाई जनही ३ हजारका दरले आज सहयोग प्रदान गरियो ।

मुलुकमा लकडाउन भएको पनि ८२ औं दिनमा प्राविधिहरुले नगद राहत पाएका हुन् । यो पैसाले अब आफुहरुले ग्यास किन्ने देखि छोराछोरीलाई पुस्तक किनीदिनेसम्मको योजना प्राविधिकहरुले सुनाए ।