मोटर साईकलमा १ जना र नीजि गाडीमा ३ जना मात्र चढ्न पाईने


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ जेठ

सरकारले बिहिबारबाट लकडाउन आंशिक खुला गरेको छ । लकडाउनको बीच पनि निजी गाडी,  मोटर साईकल चलाउन र पैदल यात्रा गर्न दिईएको छ । तर गाडी तथा मोटलसाईलक सवारीमा सरकारले नयाँ नियम लागू गरेको छ ।

जस अन्तर्गत अब निजी गाडीमा चालकसहित ३ जनामात्रै यात्रा गर्न पाइने भएको छ भने मोटरसाइकलमा भने एक जना मात्रै सवार हुन पाउने निर्देशन सरकारले जारी गरेको छ ।

मन्त्रिपरिषद बैठकले गरेका निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् अर्थ, सूचना तथा संचार प्रविधिमन्त्री युवराज खतिवडाले यस्तो जानकारी गराएका हुन् । सो बैठकले मोटर साइकलमा चालकले मात्र यात्रा गर्न पाउने निर्णय गरेको हो ।

यस्तै सरकारले भोलीबाटै गाडीमा जोर र बिजोर नम्बर प्रणाली लागू गरेको छ । जोर बिजोरबारे सूचना निकालेर यो नियमलाई कडाईका साथ लागू गर्ने पनि सरकारले बताएको छ ।