मन्त्री परिषदको निर्णय, भोलीबाट पसल खुल्ने, गाडी चल्ने,एसईई परीक्षा नलिने


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ जेठ

आज साँझबाट प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्री परिषदको बैठक बल्ल सम्पन्न भएको छ । बैठकले लकडाउनलाई खुकुलो पार्ने निर्णय गररेको छ । मन्त्री परिषदको निर्णय अनुसार १०० जना भन्दा कम कोरोन सँक्रमित भएको जिल्लाहरुमा बिहिवारदेखि सामाजिक दुरी कायम गरेर पसल खोल्न र व्यवसाय सञ्चालन गर्न दिने एक मन्त्रीले बताएका छन् ।

सरी व्यबसाय सञ्चालन गर्दा नियम पालना गरेको वा नगरेको निरिक्षण समेत गरिने भएको छ । यस्तै भोलीबाटै निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले एसइइको यस वर्षको परीक्षा नगरी कानून बनाएर विद्यालयको आन्तरिक मूल्याङ्कनको आधारमा परीक्षाफल प्रकाशित गर्ने निर्णय भएको छ । अब विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् र,  त्यसकै आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक हुने बताइएको छ ।

यस्तै मन्त्री परिषदले निन्म कुरा खुल्ने निर्णय गरेको छ ।

१. स्वास्थ्य सेवा सबै

२. औषधी, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अण्डा माछा, मासु, खानेपानीको उत्पादन, बिक्रीवितरण तथा ढुवानी

३. पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण

४. फोहोर मैला व्यवस्थापन

५. विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रशारण, हुलाक सम्बन्धी सेवा

६. बैक तथा वित्तीय संस्था, सहकारी र बीमा सेवा

७. सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य

८. कृषि बिउबिजन, रासायनिक मल, कषि औजार र शीतभण्डार सम्बन्धी सेवा तथा कार्य

९. उत्पादनशील उद्योग

१०. निर्माण सामग्रीसमबन्धी उद्योग व्यवसाय

११. विकास आयोजना

१२. नदी तथा खानीजन्य  पदार्थ उत्खनन, संकलन, ढुवानी र बिक्रिवितरण

१३. निर्माण कार्य

१४. रेष्टुरेन्टबाट हुने प्याकिङ तथा टेक अवे सेवा

१५. क्वारेन्टिनका लागि तोकिएका होटल

१६. विजुली सामान विक्री र मर्मत

१७. विद्युतय उपकरण, मेशीन र सवारी साधानको मर्मत गर्ने वर्कसप

१८. पुस्तक पसल तथा स्टेशनरी

१९. सबैप्रकारका ढुवानी सेवा

२०. अत्यावश्यक सेवाका सबै कार्यालय

२१.अन्य सरकारी कार्यालय गैरसरकारी तथा  निजी क्षेत्रका कार्यालय र बैठक तथा वित्तीय संस्थानहरु (सामान्यतया ५० प्रतिशत कर्मचारी रहनेगरी )