ब्युटी न्युज नेपाल

काठमाडौं २८ जेठ, 

नेपालमा आज फेरी २७९ जनामा कोरोना सँक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार  पछिल्लो २४ घन्टामा २७९ जनामा कोरोना सँक्रमण देखिएको हो । जसमा २५७ जना पुरुष र २२ जना महिला रहेका छन् ।

यो सँगै नेपालमा कोरोनासँक्रमितको सँख्या ४ हजार ३६४ जना पुगेको पनि गौतमले बताए । आज  रौतहटमा ५३ संक्रमित थपिएका छन् । यस्तै कविलवस्तुमा ४८, सर्लाहीमा २७, दैलेखमा २५ र धादिङमा १६ जना संक्रमित थपिएका छन् । प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पाल्पामा १२, कैलालीमा १२, धनुषामा ११, सुर्खेतमा ९, मोरङमा ८  जनामा संक्रमण पुष्टि भएको हो ।,

रुपन्देहीमा ७, प्युठान र सप्तरीमा ६/६ जना, झापा र नवलपरासीमा ५/५ उदयपुर र गोरखामा ४/४, बाँके र जजरकोटमा ३/३, चितवन, कञ्चनपुर र सिन्धुपाल्चोकमा २÷२ जना र नवलपुर, बर्दिया, दार्चुला, डडेलधुरा, नुवाकोट र सिराहामा १/१ जनामा संक्रमण पुष्टि भएको पनि गौतमले बताए । जस मध्य हालसम्म सन्चो भएर ६७४ जना घर फर्किसकेका छन् ।

अस्पतालबाट हालसम्म डिस्चार्ज भएकाहरुमा ५९५ जना पुरुष र ७९ जना महिला रहेका छन् ।पछिल्लो २४ घन्टामा ९० जना सन्चो भएर घर फर्किएको पनि डा. गौतमले बताए ।