ब्युटी न्युज नेपाल
नेपालगञ्ज, २८ जेठ

सर्पले डसेर कर्णाली प्रदेश अस्पताल बीरेन्द्रनगर सुर्खेतको इमर्जेन्सीमा उपचार गराइरहेका एक जना विरामी कोरोना संक्रमण देखिएको छ । सुर्खेत बराहताल गाउँपालिका–४, को क्वारेन्टिनमा बस्दै आएका ५० वर्षीय एक जना पुरुषलाई मँगलबार सर्पले डसेको थियो । त्यसपछि प्रदेश अस्पताल बीरेन्द्रनगरमा भर्ना गरिएको थियो ।

उनी क्वारेन्टाईनमा बसेका हुन भन्ने जानकारी नलिई उपचार थाल्दा अहिले अस्पतालमा तनाब सृजना भएको छ । अस्पताल नै बन्द गर्नु परेको छ ।

उनको कोरोना भाईरस रिपोर्ट मँगलबार बेलुका पोजेटिभ आयो । त्यसपछि उनको उपचारमा सक्रिय ४ चिकित्सक र बाँकी स्वास्थ्यकर्मी तनावमा छन् । अहिले सो अस्पतालको इमरजेन्सी वार्ड बन्द गरेर ती युवाको उपचार सक्रिय सबैको कोरोना परिक्षणको लागि स्वाब सँकलन गरी ल्याब पठाईएको छ । चिकित्सक, एम्बुलेन्स चालक, नर्स र अन्य कर्मचारीलाई क्वारेन्टाईनमा राखिने भएको छ ।

स्थानीयले ती व्यक्ति क्वारेन्टाईनमा बसेका जानकराी नदिँदा अस्पतालमा कोरोना सम्बन्धी सावधानी नअपनाई उपचार गरियो । सोही कारण यो समस्या आएको अस्पतालले जनाएको छ । स्थानीय तहको गैरजिम्मेवारीपनले आफुहरुले पूर्ण जाखिममा परेको सम्बन्धित डक्टरहरुले बताएका छन् । सो अस्पतालको अहिले सेवा अबरुद्ध भएको छ ।