प्रहरी चौकी भित्रै युवा झुन्डिएको भेटिएपछि धनुषामा आन्दोलन


ब्युटी न्युज नेपाल
जनकपुर, २८ जेठ

धनुषामा एक युवाले प्रहरी चौकी भित्रै आत्महत्या गरेका छन् । धुनषाको सबैला नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका युवा २२ वर्षीय शम्भु सदाले आत्महत्या गरेका हुन् । उनले आत्महत्या गर्नुको कारण खुलेको छैन । तर स्थानीयहरुले भने प्रहरीले हत्यागरेर डोरीमा झुन्ड्याएको आरोप सहित आन्दोलन गरेका छन् । यतीबेला यहाँको अवस्था तनावग्रस्त बनेको छ ।

गाडी चलाउँदै आएका शम्भुको चलाएको गाडीले मानिसको ज्यान गएको भन्दै प्रहरीले उनलाई हिरासतमा राखेको थियो । हिरासतबाटै सवारी ज्यान मुद्दा लगाउने तयारी गरिरहेको बेला शम्भु सदाले थुनुवा कक्षभित्रै पासो लगाएर आत्महत्या गरेको बताईएको छ । तर स्थानीयले हत्याको आरोपसहित शबको उचित्र पोष्टमार्टम हुन पाउनु पर्छ भन्ने माग गरेका छन् ।

प्रहरी चौकी अगाडी जम्मा भएका स्थानीयले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन् । ढुंगामुढाबाट प्रहरी कार्यालयका सिसाहरू फुटेका छन् ।

अहिले सबैलाको अवस्था तनावग्रस्त बानेपछि जिल्ल प्रहरी कार्यालय जनकपुराबाट थप सुरक्षाकर्मी पठाइएको धनुषा प्रहरीका प्रवक्ता रामेश्वर कार्कीले बताएका छन् । सो बिषयमा स्थानीयसँग बार्ताको पलह भईरहेको पनि उनले जानकारी गराए ।

सामान्यतया कुनै पनि अभियुक्तलाई पक्राउ गरी हिरासतमा राखुन्जेलसम्म प्रहरीको रेकीसँगै आत्महत्या वा कुनै घटना घटाउनसक्ने मौका नमिल्नेगरी थुनुवा कक्षमा राखिने प्रचलन छ । एक तर यहाँ उनलाई प्रहरीले या त हत्या गरेको या त आत्महत्याको लागि बाध्य बनाएको आरोप स्थानीयहरुको छ ।