चलचित्र क्षेत्रको बिकृति हटाउने अक्षय दाहालको प्रतिबद्धता


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ जेठ

चलचित्र विकाश बोर्डका नवनियुक्त अध्यक्ष दयाराम दाहालले  नेपाली चलचित्र क्षेत्रको बिकृति हटाउने आफ्नो पहिलो प्रथामिकता हुने बताएका छन् । सोमबार अध्यक्षको रुपमा पदभार ग्रहण गर्दै नवनियुक्त अध्यक्ष दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् । अहिले कोरोना सँक्रमाणका कारण नेपाली चलचित्र उधोग ठप्प रहेकोमा उनले चिन्ता व्यक्त गरे । त्यसैले सबैभन्दा पहिले कोरोना भाइरसले ठप्प बनाएको फिल्म क्षेत्रलाई प्रभावकारी ढंगले क्रियाशील बनाउनेतिर आफू केन्द्रित हुने उनले सो क्रममा बताए ।

यसअघि बोर्ड सदस्यका रुपमा रहेका दाहाललाई मन्त्री परिषदको बैठकले शुक्रबार बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । उनले आफ्नो पदभार सम्हाल्ने क्रममा भने,‘ अहिले बक्स अफिसको अबस्था अझै राम्रो हुन नसकेकाले त्यसलाई सही ढंगले कार्यान्वयन गर्नु छु । यस्तै सरकारले गत वर्षकै बजेटमा ल्याएको इन्डोर फिल्म सुटिङ स्टुडियोको निर्माण कार्यालाई पनि चाँडो भन्दा चाँडो अघि बढाउने छु ।’ यस्तै श्रमजीवी फिल्मकर्मीका लागि सामाजिक सुरक्षा योजनालगायतका कार्यक्रम पनि क्रमशः कार्यान्वयन गर्दै जाने अध्यक्ष दाहालले बताए ।

गत २९ मंसिरमा तात्कालिन चलचित्र विकाश बोर्डका अध्यक्ष केशव भट्टराईको असामायिक निधन भएपछि बोर्ड अध्यक्ष रिक्त रहेको थियो । अध्यक्षका लागि १० जनाको आबेदन हालेकोमा दाहाल ती १० जनाबाट नियुक्त भएका हुन् ।