काठमाडौं ४ र भक्तपुरका १ जनामा आज कोरोना पुष्टी


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ जेठ

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ५ जना कोरोना साक्रमित थपिएका छन् । आज काठमाडौंमा ४ जना र भक्तपुरमा १ जनामा कोरोना भाइरस कोभिड १९ का संक्रमण पुष्टी भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देबकोटाका अनुसार काठमाडौंका दुई महिला र दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष रहेका छन् ।
यता भक्तपुरको आज सँक्रमित भेटिएका व्यक्ती कमलविनायकका हुन् । कोरोना पुष्टी भएकाहरुको ट्रेसिङसँगै उनहरुको सम्पर्कमा आएका ब्यक्तिीहरुको खोजी भईरहेको छ ।