ब्युटी न्युज नेपाल
काठमाडौं, २४ जेठ

हिजो दिउँसो १२ बजे सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएकी धनगढी ४ की निधन भएकी ५५ वर्षीया महिलामा कोरोना सँक्रमण पुष्टी भएको छ । यो नेपालमा कोरोनाबाट मृत्यु हुनेको सँख्या १३ जना पुगेको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले आज पत्रकार भेटघाटमा पछिल्लो २४ घन्टामा कोरोनाबाट मृत्यु हुनेको सँख्या २ जना थपिएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सँख्या १३ पुगेको बताए ।

सेतीको प्रयोगशालामा गरिएको परिक्षणमा ५५ वर्षीय यी महिलाको निधन भएको डा. देवकोटाले बताएका छन् । उनी मृगौला रोगबाट पीडित थिईन् । सेती प्रादेशिक अस्पतालमा डाइग्नोसिस गर्ने क्रममा उनको हिजो मध्यान्न १२ बजे निधन भएको हो । उनमा कोरोनाको लक्षण नदेखिए पनि कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

उता २१ जेठ राती निधन भएका डोल्पा जगदुल्ला गाँउपालिका ३ का ५८ वर्षीय पुरुषमा पनि कोरोना सँक्रमण परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको हो । उनी कोरोना सँक्रमणबाट मृत्यु हुने नेपालका १२ औं व्यक्ति हुन् । उनको सब सुरक्षित रुपमा उठाउने र उनका सँम्पर्कमा रहेकाहरुको कोरोना भाईरसको स्वाब लिईने तयारी भईरहेको पनि डा. देवकोटाले बताएका छन् ।