जनकपुर अस्पतालबाट कोरोना निको भएर आज १४ जना घर फर्किए


ब्युटी न्युज नेपाल
बीगरञ्ज, २४ जेठ

जनकपुरका १५ जना कोरोना सँक्रमित निको भएर आज घर फर्किएका छन् । जनकपुर प्रादेशिक अस्पतालमा बसेर उपचार गर्दै आएका १५ जना कोरोना सँक्रमण मुक्त भएर आज घर फर्किएका हुन् । डिस्चार्ज भएकाहरुमा १४ पुरुष र १ जना महिला रहेका छन् । यो सँगै प्रदेश २ बाट कोरोना उपचारपश्चात निको भएर घर फर्कनेहरुको सँख्या १ सय २३ जना पुगेको छ । प्रदेश २बाट आज मात्र ३६ जना कोरोना निको भएर घर फर्किए । जस मध्य १५ जना यो अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

जनकपुर अस्पतालका तर्फबाट आज डिस्चार्ज भएकाहरुलाई सो अस्पतालका चिकित्सक तथा नर्सहरुले फुल दिएर आज बिदाई गरे । डिस्चार्ज भएकाहरुमा धनुषा, महोत्तरी, सर्लाही र भारत बिहार मधवापुरका बासिन्दा रहेका छन् । जसमा ७ जना नेपाली र ८ जना भारतीय नागरिक छन् ।१८ वर्षदेखि ४५ वर्ष उमेरका नागरिका आज डिस्चार्ज भएका हुन् । दोस्रो र तेस्रो पटक स्वाब लिएर परिक्षण गर्दा नेगेटिभ आएपछि उनीहरुलाई घर पठाईएको हो ।

हालसम्म प्रदेश २ मा ९८३ जना संक्रमित रहेका छन् । जसमध्ये रौतहट ३९०, सर्लाही १४९, पर्सा ११४, धनुषा ९२, बारा ७०, सप्तरी ६९, महोत्तरी ५२ र सिरहामा ४७ जना रहेका छन् ।