कोरोना सँक्रमणबाट ११ औं व्यक्तिको निधन, मृतक सुर्खेतका २० वर्षीय युवा


ब्युटी न्युज नेपाल
नेपालगञ्ज २३ जेठ

नेपालमा कोरोना सँक्रमणबाट फेरी एक जनाको मृत्यु भएको छ । पश्चिम सुर्खेत, पञ्चपुरी नगरपालिका १ हाँसेका २० वर्षीय युवकको मृत्यु भएको हो । उनको कोरोना भाईरस रिपोर्ट आज पोजेटिभ आएको छ । गत ७ जेठमा भारतबाट आएका जनता मावि विद्यापुरको क्वारेन्टिनमा बसेका उनको आरडीटी जाँच गर्दा नेगेटिभ आएपछि यी युवा यही बुधबार दिउँसो घर गएका थिए । सोही राती २ बजे मृत्यु भएको थियो ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले ती युवकको स्वाबको रिपोर्ट शुक्रबार बिहान २ बजे पोजेटिभ आएको बताएका छन् । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले उनको मृत्यु आज अपरान्हको बुलेटिनमा घोषणा गर्ने विश्वास सो निर्देशनालयको छ ।

उनको कोरोना सँक्रमणबाट मृत्यु पुष्टी भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सँख्या ११ पुगेको हो । कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको सँख्या २ पुगेको छ ।

उनको शबलाई अस्पतालमै राखिएको थियो । कोरोना सँक्रमण पोजेटिभ आएपछि सेनाले पूर्ण सुरक्षाका साथ अन्तिम संस्कारको तयारी गर्दैछ ।