राजारामको पुरानो गाईजात्रा भिडियोमा अहिलेको पीडा


अर्काईभबाट

ब्युटी न्युज नेपाल/सरिता भारती
काठमाडौं, २२ जेठ

यो वर्षको गाईजात्रा नजिकिँदैछ । कोरोना सँक्रमणले गाईजात्राको अबस्था के हुन्छ अहिले भन्न गाह्रो छ । यता बरिष्ट हास्य अभिनेता राजाराम पौडेलले गत वर्षको गाईजात्रा भिडियोको स्मरण गर्दै यो वर्ष गाईजात्रा मनाउने नपाईने भो भन्दै चिन्ता व्यक्त गरेका छन । पौडेलले  गाईजात्रामा बामा नामको हास्य प्रहसन युट्युवमा लोड गरेका छन् । यो भिडियोमा हास्य कलाकार राजाराम पौडेल र अभिनेत्री एलिना बास्कोटाको अभिनय गरेका थिए ।

यो भिडियो अहिलेको अबस्थामा समसामयिक भएको पुरानो भिडियोलाई स्मरण गराउँदै यहाँ समाचार गरिएको हो । कलाकार पौडेलले अहिलेको लागि यो भिडियो सबैले हेर्नु पर्ने बताएका छन् ।

अहिले भारतले नेपालको सिमा मिचिरहेको बेला भारतीयहरुले पुरानो सन्धीलाई च्यापेर कोशी, गन्डकी, टनकपुर हडपेको यो भिडियोमा उल्लेख छ । भिडियोलाई गत वर्ष रिलिज गरिएको भए पनि अहिलेको लागि यो समसामयिक भएको कलाकार पौडेलको कथन छ । अहिलेको राष्टियताको प्रसँग यो भिडियोमा समेटिएको छ ।

त्यो हास्य भिडियोमा कलाकार पौडेलले  बाउ र आमा दुबैको भूमिका निभाएका छन् । एक जना पुरुष गर्भवती भएर सुत्केरी हुने अबस्थामा प्रसुति वार्डमा चिकित्सकले पुरुषको पोट भित्रको बच्चाको अबस्थाबारे बुझ्न खोज्दा ती बच्चासँगको रमाईलो कुराकानी यसमा प्रस्तुत गरिएको छ ।

भिडियो मार्फत भारतसँग गुमेको भूमि फिर्ता माग्नेबारे चर्चा गरिएको छ । यो भिडियोमा नेपालमा सिमा मात्र हैन, त्यहाँका गीत, सँगीत, भाषाबाट नेपालको संस्कृतिसमेत अतिक्रमण भएको उल्लेख छ । फिल्म हलमा भारतीय सिनेमाले अतिक्रमण गरेको पनि यसमा उल्लेछ । सिमासँगै साँस्कृतिक अतिक्रमण भारतले गरेको भन्दै यो गाईजात्रा भिडियोमा व्यँग्य गरिएको छ ।

पुरुषले आमा बन्नु पर्ने अबस्था भएकाले पौडेललाई बाउ र आमा दुबैको भूमिकामा यसमा देखाईएको छ । त्यसैले यसलाई बामा नाम राखिएको हो । यो भिडियोले अहिलेसम्म ११ हजार लाईक पाएको छ । यो भिडियोलाई माता अग्नी च्यानल २ बाट रिलिज गरिएको थियो । अहिलेको अबस्थामा भिडियो हेरिदिन कलाकार राजाराम पौडेलले सबैलाई अनुरोध गरेका छन् ।