ब्युटी न्युज नेपाल
काठमाडौं, २२ जेठ,

बिहिबारबाट काठमाडौं उपत्यकामा पसलेहरुले आफ्नो पसल खोले पनि केही ठाउँमा प्रहरीले जबरजस्ती बन्द गर्न लगाएको थियो । तत्कालै काठमाडौं ललितपुर र भक्तपुरका जिल्ला प्रशासन प्रमुखले काठमाडौैमा साना व्यापरीलाई बिहिबार दिउँसो बार्तामा बोलाए । सो बार्तामा भएको सहमती अनुसार काठमाडौं उपत्यकामा पसल खोल्न स्थानीय प्रशासनले अवरोध नगर्ने भएको छ ।

बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र व्यापारीबीचको छलफलमा पसल बन्द गर्न दबाब नदिने सहमति भएको साना उद्योगी तथा व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए । कटुवालका अनुसार साना व्यबसायीहरुको मागलाई जिल्ला प्रशासन प्रमुखले कोरोना सम्बन्धि उच्च स्तरीय समितिमा सिफारिस गर्नेछ ।

सो बार्तामा काठमाडौंका सिाडियो दाहाल सहित ललितपुरका सिडियो नारायणप्रसाद भट्ट र भक्तपुरकी सिडियो हुमकला पाण्डे थिए । यी तिनै जना जिल्ला प्रशासन प्रमुखसँग नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी शाक्यलगायतका पदाधिकारीहरुले पनि आज बार्ता गरे । सो बार्तामा अब काठमाडौंमा गरिने व्यापार व्यबसायले आफुहरुले अपरोध गर्न नलगाउने तीन ओटै सिडियोले बताएको अध्यक्ष शाक्यले जानकारी गराएका छन् । तर पसल खोल्दा पूर्ण रुपमा सावधानी अपनाउनु पर्ने सर्तलाई आफुहरुले पालना गर्ने ब्यबसायीहरुले बताएका छन् ।