ब्युटी न्युज नेपाल

काठमाडौं, २२ जेठ

नेपाल आज फेरी कोरोना सँक्रमण ह्वात्तै बढेको छ । आज ३३४ जनामा कोरोना सँक्रमण देखिएको छ । यो गत २४ घन्टाको रिपोर्ट हो । आज सँक्रमित भएकोमा ३१९ पुरुष र १५ जना महिला रहेका छन् ।

आज एकै दिन ३३४ जना कोरोना सँक्रमित थपिँदा नेपालमा सँक्रमिको सँख्या सँख्या २ हजार ६३४ पुगेको छ ।

जसमा २४५० र १८४ जना महिला रहेका स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् ।छन् । नेपलामा एकै दिन ३ सय भन्दा माथि कोरोना सँक्रमण देखिएको आज हो । हालसम्म कोरोनाबाट १०  जनाको निधन कोरोना सँक्रमणबाट भईसकेको छ ।

१ लाख ६१ हजार २६२ जना क्वारेन्टाईनमा रहेका छन् । यस्तै अहिलेसम्म २ हजार ३३५ जना सँक्रमित व्यक्तिहरु आईसोलेसनमा छन् । यस्तै आजसम्म २९० डिस्चार्ज भइसकेका छन् । जस मध्य २३४ पुरुष र महिला ५६ जना डिस्चार्ज भईसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार दैलेखमा मात्र एक सय १३ जना संक्रमित थपिएका छन् ।

उनीहरूमध्ये एक सय आठ जना नारायण नगरपालिका र सात जना नौमुले नगरपालिकाको क्वारेन्टिनमा छन् । यस्तै रौतहटमा ६५ जना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये इशनाथ नगरपालिकाका ४६, गुजराका ८, गढीमाईका सात जना छन् भने चन्द्रपुर माधवनारायण, फतुवा विजयपुर नगरपालिका र दुर्गा भगवती गाउँपालिकाका एकरएक जना छन् । उनीहरू सबै भारतबाट फर्किएर हाल क्वारेन्टिनमा बसेका व्यक्तिहरू हुन् ।

यसैगरी बाँकेका ४२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरू मध्ये ४० जना जानकी गाउँपालिकाका( १ का हुन् । भारतबाट फर्किएका उनीहरू उनीहरुलाई क्वारेन्टिनमा थिए । यस्तै दुई जना नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ र १५ का हुन् ।

सप्तरीका १३ जनामा संक्रमण पुष्टि भएको छ। राजविराज, हनुमानगर कंकालिनी, छिन्नमस्ता र शम्भुनाथ नगरपालिकाको क्वारेन्टिनमा रहेका उनीहरू १७ देखि ४८ वर्षका पुरुष हुन्। बारामा १२ जना संक्रमित थपिएका छन् । उनीहरूमध्ये ७ जना आदर्श कटुवाल हुन् । संक्रमितमध्ये एक ३० वर्षीया महिला हुन् भने अरू १३ देखि ३० वर्षका पुरुष छन् । यस्तै महानगढीमाई नगरपालिका, विश्रामपुर र सुवर्णपुर गाउँपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको छ ।
कपिलवस्तुमा २९ जना संक्रमित थपिएका छन् । उनीहरूमध्ये १२ जना कृष्णनगरका १७ देखि ५२ वर्षका पुरुष हुन् । यस्तै, यशोधराको ओडरी मावि र जनता चेतना माविको क्वारेन्टिनमा रहेका १२ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये एक २६ वर्षीया महिला छन् भने ११ जना २१ देखि ४८ वर्षका पुरुष हुन् ।दाङमा १५ जना संक्रमित थपिएका छन् । घोराही उपमहानगर तथा राजपुर, ब‌ंगलाचुली र बबई गाउँपालिकाका उनीहरूमध्ये एक २३ वर्षीया महिला हुन् भने अरू १६ देखि ३६ वर्षका पुरुष हुन् ।

बागलुङमा १०, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक(एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। झापामा ५ जना संक्रमित थपिएका छन् । उनीहरूमध्ये भद्रपुरका तीन जना २६ देखि ५६ वर्ष तथा कचनाकवलका दुई जना १७ र २५ वर्षका पुरुष छन् । धनुषामा छ जना संक्रमित थपिएका छन्। उनीहरू जनकपुरका हुन् र संक्रमितमध्ये एक जना ३० वर्षीया महिला हुन् भने अरू ३३ देखि ३७ वर्ष उमेरका पुरुष छन् । महोत्तरीका भंगाह नगरपालिकाका ३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ । उनीहरू १९ देखि ३६ वर्षका पुरुष हुन् । यस्तै सर्लाहीमा थप ३ जना संक्रमित भेटिएका छन् ।

डोटीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू दीपायल सिलगढी नगरपालिका र पूर्वचौकी गाउँपालिकाका हुन् । यस्तै खोटाङ हलेसीका ३ जनामा पनि संक्रमण देखिएको छ । मोरङको सुन्दर हरैंचाका २४ वर्षीय पुरुष, पर्सा पोखरियाकी १५ वर्षीया किशोरी, सिन्धुलीको कमलामाई नगरपालिकाका २३ वर्षीय पुरुष तथा सुनसरी भोक्राहाको क्वारेन्टिनमा रहेका ताप्लेजुङका ३५ वर्षीय पुरुष र मोरङका ३० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।